तथ्य र भावना छुट्याउनुपर्छ, असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किजमको मिलनले राज्यलाई कमजोर बनाउँदै नागरिकलाई विभाजित गर्ने खतरा रहेको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले जटिल समस्यामा सरल उत्तर बेच्ने पपुलिजम र व्यवस्था नै दुश्मन ठान्ने अराजकताले लोकतान्त्रिक प्रणालीलाई क्षति पुर्‍याउने उल्लेख गरेका हुन् ।

महासचिव पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच आवश्यक रहेको बताए । “तथ्य र भावना छुट्याउनुपर्छ, असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्छ,” पोखरेलले लेखेका छन् ।

महासचिव पोखरेलका अनुसार राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु हो भने संविधान जोगाउनु भनेको समावेशिता जोगाउनु हो । साथै, संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु नै मुलुकको भविष्य सुरक्षित गर्नु भएको महासचिव पोखरेलले उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले मुलुकको मुख्य समस्या राजनीतिक अस्थिरता र सामाजिक अराजकता रहेको उल्लेख गर्दै यी चुनौती समाधानका लागि बलिया राजनीतिक दल र निर्णायक राष्ट्रिय शक्तिको आवश्यकता औंल्याए ।

“समस्या राजनीतिक अस्थिरतामा छ । सामाजिक अराजकतामा छ । यी सबै उद्देश्यका लागि बलिया राजनीतिक दल र निर्णायक राष्ट्रिय शक्तिको खाँचो पर्दछ । चुनाव त्यो उद्देश्य प्राप्तिको अवसर हो ।” महासचिव पोखरेलले भने । साथै, शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था नै खल्बलिएको उनले बताए ।

“शक्ति राष्ट्रहरु बीचको प्रतिस्पर्धाले दोस्रो विश्वयुद्धपछिको विश्वव्यवस्था नै खलबलिएको छ । संयुक्त राष्ट्र संघ र विश्वसंस्थाहरु आफै उपेक्षित बनाइएका छन् ।” महासचिव पोखरेलले भने, “विश्वव्यापी रुपमा नै सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको विषय निकै संवेदनशील बनेको छ । यस्तो बेला भूराजनीतिक द्वन्द्ववाट मुलुकलाई जोगाउन बंगलादेश वा युक्रेन बन्न नदिनु भनेको डर फैलाउनु होइन– समयमै सचेत हुनु हो । यही चेतनाको निरन्तरता नै आजको सबैभन्दा ठूलो देशभक्ति हो ।”

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »