भक्तपुरबाट मोटरसाइकल चोरेर मकवानपुर लैजाँदै गरेका २ जना पक्राउ

काठमाडौँ । भक्तपुरबाट मोटरसाइकल चोरेर मकवानपुरतर्फ लैजाँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भएर भैंसेपाटी बस्ने २५ वर्षीय ब्रिजन तामाङ र भक्तपुर सुडाल बस्ने २३ वर्षीय युनिक तामाङ छन् ।

आइतबार भट्टेडाँडा स्थित जगुमाया प्रहरी चौकीबाट खटिएको टोलीले चेकजाँच गर्दा खोज्दा उनीहरू मोटरसाइकल नरोकीकन भागेका थिए । उनीहरूलाई पछ्याएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए ।

आरोपीहरू सवार बागमती प्रदेश–०२–०४४ प ६९१२ र बा.३६ प ७९०८ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । सो मोटरसाइकल उनीहरुले भक्तपुरबाट चोरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ  । उनीहरूलाई ललितपुर प्रहरीले थप अनुसन्धानका लागी प्रहरी वृत्त जगातीमा बुझाएको छ ।

युवराज सफल पक्राउ

काठमाडौं । युवराज सफल पक्राउ परेका छन् । उनी मंगलबार पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूको मानमर्दन गरेको आरोपमा उनलाई

Read More »

राजनीति भनेको प्रतिपष्पर्धा हो,प्रतिशोध होइन : सचिव हिक्मत कार्की

झापा। कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति भनेको प्रतिशोध नभइ प्रतिष्पर्धा भएको बताएका छन् । दमकमा आज पत्रकारहरुसँग कुरा गर्दै सचिव

Read More »

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौँ : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताएका छन् ।

Read More »

सुदूरपश्चिमका योजनालाई टुरिस्ट उम्मेदवारले संसदमा कुरा समेत उठाउँदैनन् : उपमहासचिव भट्ट

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले आफू निर्वाचित भएमा सुदूरपश्चिममा रहेका पुराना योजनालाई पूर्णता दिने बताएका छन् । काठमाडौंमा भएका कैलाली क्षेत्र नम्बर

Read More »

स्वास्थ्य बिमामा ३ तहकै सरकारको लगानी जरुरी छ- स्वास्थ्यमन्त्री गौतम

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छिन् । आज बिहान

Read More »

काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस मनायो

काठमाडौं स्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ। लैनचौरस्थित दूतावास परिसरमा सोमबार आयोजित विशेष कार्यक्रममा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतको

Read More »