रास्वपा पुँजीवादी दल हो, बालेन ८ करोडको गाडी चढ्छन् : अध्यक्ष अन्सारी

काठमाडौँ । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुँजीवादी दलको संज्ञा दिँदै चर्को आलोचना गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अन्सारीले रास्वपा पैसा कमाउने उद्देश्यले बनेको र यसले देशलाई निकास दिन नसक्ने दाबी गरेका हुन्।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ८ करोडको गाडी चढेको र पार्टीले उम्मेदवारहरूसँग पैसा मागेको आरोप लगाउँदै उनले आफ्नो दल भने देश र जनताको हितका लागि मात्रै बनेको जिकिर गरे। अध्यक्ष अन्सारीले देशमा रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने मुख्य उद्देश्यका साथ आफूले नयाँ पार्टी गठन गरेको बताए।

गुणस्तरीय शिक्षा, साक्षरता दरमा सुधार र सातै प्रदेशमा सस्तो एवं सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्नु आफ्नो पार्टीको प्रमुख एजेन्डा रहेको उनको भनाइ छ। अन्सारीले भने, ‘हामी पैसा कमाउन होइन, देश र जनतालाई शिरमा राखेर काम गर्न आएका हौँ। अबको मुलुकको निकास राष्ट्र निर्माण दलले मात्रै दिन्छ।’

सोही कार्यक्रममा रास्वपा परित्याग गरी ताज मोहम्मद मियाँसहित दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू राष्ट्र निर्माण दलमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई स्वागत गर्दै अन्सारीले रास्वपाले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरिरहे पनि भुइँतहका कार्यकर्ताहरू विकल्प खोज्दै आफ्नो पार्टीमा आउन थालेको बताए। युवाहरूको साथले आफ्नो दललाई थप उर्जा मिलेको र अब देशभर सङ्गठन विस्तारलाई तीव्र पारिने उनले घोषणा गरे।

युवराज सफल पक्राउ

काठमाडौं । युवराज सफल पक्राउ परेका छन् । उनी मंगलबार पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूको मानमर्दन गरेको आरोपमा उनलाई

Read More »

राजनीति भनेको प्रतिपष्पर्धा हो,प्रतिशोध होइन : सचिव हिक्मत कार्की

झापा। कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति भनेको प्रतिशोध नभइ प्रतिष्पर्धा भएको बताएका छन् । दमकमा आज पत्रकारहरुसँग कुरा गर्दै सचिव

Read More »

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौँ : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताएका छन् ।

Read More »

सुदूरपश्चिमका योजनालाई टुरिस्ट उम्मेदवारले संसदमा कुरा समेत उठाउँदैनन् : उपमहासचिव भट्ट

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले आफू निर्वाचित भएमा सुदूरपश्चिममा रहेका पुराना योजनालाई पूर्णता दिने बताएका छन् । काठमाडौंमा भएका कैलाली क्षेत्र नम्बर

Read More »

स्वास्थ्य बिमामा ३ तहकै सरकारको लगानी जरुरी छ- स्वास्थ्यमन्त्री गौतम

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छिन् । आज बिहान

Read More »

काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस मनायो

काठमाडौं स्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ। लैनचौरस्थित दूतावास परिसरमा सोमबार आयोजित विशेष कार्यक्रममा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतको

Read More »