सरकारको संसदप्रतिको दृष्टिकोण गलत छ : सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद गोपाल भट्टराईले सरकारको संसदप्रतिको दृष्टिकोण गलत रहेको आरोप लगाएका छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारले कामको सुरुवातमै संसदमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै संसदीय दलका कार्यालयहरू प्रायः बन्द रहेको, कर्मचारी हटाइएको र विधायकी कार्यका लागि आवश्यक जनशक्ति अभाव भएको बताए ।

उनले भने, ‘यो सरकारले कामको सुरुवातमै संसदमाथिको हस्तक्षेपबाट सुरु गरेको छ । संसदीय दलका कार्यालयहरु बन्द प्राय छन् । कर्मचारीहरु हटाइएका छन् । विधायकी कार्यको लागि जनशक्तिको अभाव छ, जनशक्ति बिनाको विधायकी कार्य सांसदले कसरी गर्न सक्छन् ।’

अहिले चुनावी प्रक्रिया अघि बढिरहेकाले आगामी बैठकहरू प्रभावित हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै त्यसतर्फ पनि सदनको ध्यान जानुपर्ने बताए ।

उनले भने, ‘अहिले चुनावी प्रक्रिया अगाडि बढेको छ, हामी पार्टीबाट प्रतिनिधित्व गर्छौं । चुनावमा पनि हाम्रो भूमिका रहन्छ त्यसकारण अबका बैठकहरु प्रभावित हुन सक्ने सम्भावना पनि छ त्यसतर्फ ध्यान जान जरुरी छ ।’

उनले संसदमा हस्तक्षेप गरेर संसद सञ्चालन हुन नसक्ने भन्दै सरकारको संसदप्रतिको दृष्टिकोण नै गलत रहेको दाबी गरे । ‘यो सरकारले संसदलाई हस्तक्षेप गरेर यो संसद कसरी चल्छ रु त्यसैले सरकारको संसदप्रतिको ढृष्टिकोण गलत छ,’ उनले भने ।

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »