काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस मनायो

काठमाडौं स्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ। लैनचौरस्थित दूतावास परिसरमा सोमबार आयोजित विशेष कार्यक्रममा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो।

कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो। उक्त सन्देशमा राष्ट्रपति मुर्मुले भारतको लोकतान्त्रिक मूल्य, समावेशिता, तथा विकास यात्राबारे चर्चा गर्नुभएको थियो।

गणतन्त्र दिवसको अवसरमा कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती तथा निकटतम नातेदारहरूलाई सम्मान गर्नुभएको थियो। उहाँहरूलाई सम्मानपत्र तथा आर्थिक सहयोग प्रदान गरिएको थियो।

कार्यक्रममा कूटनीतिज्ञ, नेपाली सरकारी प्रतिनिधि, पूर्वसैनिक, सुरक्षाकर्मी तथा नेपालमा रहेका भारतीय समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। समारोहका क्रममा भारत–नेपालबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध र द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »