सुदूरपश्चिमका योजनालाई टुरिस्ट उम्मेदवारले संसदमा कुरा समेत उठाउँदैनन् : उपमहासचिव भट्ट

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले आफू निर्वाचित भएमा सुदूरपश्चिममा रहेका पुराना योजनालाई पूर्णता दिने बताएका छन् । काठमाडौंमा भएका कैलाली क्षेत्र नम्बर ४ का जेनजी युवालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमका अधुरा ठूला योजना पूरा गर्न आफूलाई जिताउनु पर्ने बताएका हुन्।  उपमहासचिव भट्टले टुरिस्ट उम्मेदवार निर्वाचित भए संसदमा कुरा समेत नउठाउने भएकाले आफूलाई जिताउन जेनजी युवाहरू लाग्नुपर्ने बताए।

उनले भने,’मैले सेती लोकमार्ग, महाकाली लोकमार्ग, खुटिया दिपायल द्रुतमार्ग, सुदूरपश्चिम विश्वविद्यालयको निर्णय गराएको हो। म धेरै चर्चा नगर्ने भएकाले यसले के गरेको होला भनेर चर्चा भइरहेको छ। त्यसपछि बयलपाटा अस्पताल अछाममा बनाउने निर्णय गराए।  म वाणिज्य आपूर्तिमन्त्री भएपछि सुख्खा बन्दरगाह दोधार चाँदनीमा बनाउने निर्णय गराए, आज बन्दै छ।

मैरै पहलमा धनगढी–अत्तरिया औद्योगिक कोरिडोरको डीपीआर भइसकेको छ। गेटा मेडिकल कलेजको जग बसाउने, निर्णय गराउने अन्तिमसम्म विश्वविद्यालय नहुन्जेल नछोड्ने भन्ने म हो। यस्तै हरैया विशेष आर्थिक क्षेत्र, दैजी औद्योगिक क्षेत्र शिलान्यास गराइएको छ। मुडेधारी औद्योगिक क्षेत्र अगाडि बढाउनेछौँ।’

उपमहासचिव भट्टले जेनजीलाई सबैभन्दा बढी एमालेले समेटेको समेत बताए। उनले भने, ‘युवा विचारले हुन्छ। उमेरले युवा हुने विषय एउटा भयो। तर वैचारिक रूपमा वृद्ध जस्तो हुनुभयो भने युवापनले काम गर्दैन। चिन्तन, सोच नै युवा हो। तपाईसँग भएको ज्ञान मैले समात्न सक्छु, त्यसैले म पनि युवा भएँ। अहिलेको गतिलाई समात्न सक्नु भएन भने तपाई पनि युवा होइन।’

उपमहासचिव भट्टले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धबारे युवालाई  बुझाउन नसकेको पनि बताए। उनले भने, ‘त्यो प्रतिबन्ध थिएन। नेपालको ऐन, कानुनभित्र आउनुपर्‍यो भनिएको हो। करको दायरभित्र आउनु पर्‍यो भनेर भनेको मात्रै थियो।’ उपमहासचिव भट्टले युवाहरूले राखेका माग सही रहेको भन्दै  त्यही काम पार्टीले पनि गरिरहेको बताए।

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »