दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौँ : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताएका छन् ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आज यहाँ आयोजित निजी क्षेत्रका छाता संस्थासँगको अन्तरक्रियामा उनले निर्वाचनका समयमा राजनीतिक दल र उम्मेदवारसँग नगद कारोबार नगर्न आग्रह गरेका हुन् ।

दल र उम्मेदवारले बैङ्किङ प्रणाली विपरीत कारोबार गरे उम्मेदवारी रद्दसम्मका कारबाही गर्न सकिने कानुनी व्यवस्था रहेको पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए । उनले मुलुक बङ्गलादेशको जस्तो स्थितिमा गुज्रिनु नपरोस् भनी अनुशासनमा राख्न र लयमा फर्काउन सबै पक्षले निर्वाचनलाई सहयोग गरेको पनि बताए ।

गत भदौ २३ र २४ गतेको अवस्थाबाट देशलाई लयमा फर्काउन निर्वाचन नै उपयुक्त माध्यम हो भनी आयोग सुरुदेखि नै लागिपरेको बताउदैँ उनले यसमा व्यवसायी र सञ्चारमाध्यमले पनि सहयोग गरेकामा धन्यवाद दिए । सुशासन र स्थायी शान्ति भएन भने मुलुक अझै पर धकेलिने भएकाले पनि अहिले निर्वाचन नै पहिलो आवश्यकता भएको उनको भनाइ थियो ।

निर्वाचन बिथोल्ने शक्ति अहिले क्षीण भएर गएकाले फागुन २१ गते निर्वाचन हुने विषयलाई अब कसैले नकार्न नसक्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो । राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न आयोगले सरकारलाई लेखी पठाएपछि गृह मन्त्रालयले सरोकार भएका निकायलाई ध्यानाकर्षण गराई यसको कार्यविधिअनुसार गर्न आह्वान गरेको उनले स्मरण गराए ।

निर्वाचन आचारसंहिताको सबैले पूर्ण पालना नगरेमा कानुन अनुसारका कारबाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी पनि कार्यक्रममा उनले गराए । पर्यवेक्षणका नाममा विदेशीहरु पनि विभिन्न रुपमा आउने गरेकाले यसपटक पर्यवेक्षकको पनि पर्यवेक्षण गर्नुपर्ने आवश्यकता औँल्याउदैँ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निजी क्षेत्रका प्रतिनिधिलाई पनि यसमा सहयोग गर्न आह्वान गरे ।

आयोगका सचिव कृष्णबहादुर राउतले निजी क्षेत्रले निर्वाचन आचारसंहिता पालनामा सहयोग गर्नुपर्ने बताउदैँ सबैको सहकार्यमा आवधिक निर्वाचन गराएर लोकतन्त्रलाई स्थायित्व दिनुपर्ने बताए । निर्वाचनका क्रममा करिब रु ३१ अर्ब खर्च हुने जानकारी गराउदैँ उनले त्यसबाट उद्योग, व्यवसायलगायत अर्थतन्त्र चलायमान हुने उल्लेख गरे ।

युवराज सफल पक्राउ

काठमाडौं । युवराज सफल पक्राउ परेका छन् । उनी मंगलबार पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूको मानमर्दन गरेको आरोपमा उनलाई

Read More »

राजनीति भनेको प्रतिपष्पर्धा हो,प्रतिशोध होइन : सचिव हिक्मत कार्की

झापा। कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति भनेको प्रतिशोध नभइ प्रतिष्पर्धा भएको बताएका छन् । दमकमा आज पत्रकारहरुसँग कुरा गर्दै सचिव

Read More »

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौँ : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताएका छन् ।

Read More »

सुदूरपश्चिमका योजनालाई टुरिस्ट उम्मेदवारले संसदमा कुरा समेत उठाउँदैनन् : उपमहासचिव भट्ट

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले आफू निर्वाचित भएमा सुदूरपश्चिममा रहेका पुराना योजनालाई पूर्णता दिने बताएका छन् । काठमाडौंमा भएका कैलाली क्षेत्र नम्बर

Read More »

स्वास्थ्य बिमामा ३ तहकै सरकारको लगानी जरुरी छ- स्वास्थ्यमन्त्री गौतम

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छिन् । आज बिहान

Read More »

काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस मनायो

काठमाडौं स्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ। लैनचौरस्थित दूतावास परिसरमा सोमबार आयोजित विशेष कार्यक्रममा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतको

Read More »