राजनीति भनेको प्रतिपष्पर्धा हो,प्रतिशोध होइन : सचिव हिक्मत कार्की

झापा। कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति भनेको प्रतिशोध नभइ प्रतिष्पर्धा भएको बताएका छन् ।

दमकमा आज पत्रकारहरुसँग कुरा गर्दै सचिव कार्कीले झापामा केही उम्मेद्वारहरु प्रतिष्पर्धा नभइ प्रतिशोध साँध्न मात्र आएको बताए । ‘यहाँ केही साथीहरु प्रतिशोध साँध्न झापा ५ आएका छन् । उनीहरु यहाँबाट प्रतिष्पर्धा गर्न सिकेर जानुहुन्छ ’ कार्कीले भने ‘एमालेले सिद्धान्तको कुरा गर्छ । एमालेले जनताको कुरा गर्छ । एमालेले प्रतिशोधको राजनीति गर्दैन ।’

एमालेका उम्मेद्वार एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रमा २०४८ साल देखि नै प्रतिनिधित्व गरेकोले उनको योगदानमा यहाँका मतदाता जानकार रहेको कार्कीको भनाइ छ । ‘केपी ओलीलाई झापा ५ मा सामिप्यता छ । सम्बन्ध छ । माया छ । प्रेम छ ’ कार्कीले भने ‘अरु उम्मेद्वारले आफ्नो परिचय दिंदै हिड्नु पर्ने अवस्था छ । त्यसैले पनि यो एमालेका लागि सहज क्षेत्र हो ।’

सचिव कार्कीले केपी ओलीको निर्वाचन क्षेत्र भएकोले यस क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय चासो बढेको बताए । कार्कीले जुनसुकै देशी वा विदेशी निकायलाई पनि यस क्षेत्रमा आएर निर्वाचनको माहोल हेरेर जान आग्रह गरे ।

अध्यक्ष ओलीले २०४८ सालमा ओलीले चुनाव लड्दा यस क्षेत्रमा धुलौटे बाटो र पेट्रोलमेक्सको उज्यालोमा चुनावी कार्यक्रम हुने गरेकोमा अहिले अधिकांस सडक पिच, सबैक्षेत्रमा बिजुलीबत्ती पुगेको र अन्य पूर्वाधारका थुप्रै काम भइसकेकोले यहाँको जनताको रोजाइमा केपी ओली नै पर्नुहुने बताए ।

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »