राजनीति भनेको प्रतिपष्पर्धा हो,प्रतिशोध होइन : सचिव हिक्मत कार्की

झापा। कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति भनेको प्रतिशोध नभइ प्रतिष्पर्धा भएको बताएका छन् ।

दमकमा आज पत्रकारहरुसँग कुरा गर्दै सचिव कार्कीले झापामा केही उम्मेद्वारहरु प्रतिष्पर्धा नभइ प्रतिशोध साँध्न मात्र आएको बताए । ‘यहाँ केही साथीहरु प्रतिशोध साँध्न झापा ५ आएका छन् । उनीहरु यहाँबाट प्रतिष्पर्धा गर्न सिकेर जानुहुन्छ ’ कार्कीले भने ‘एमालेले सिद्धान्तको कुरा गर्छ । एमालेले जनताको कुरा गर्छ । एमालेले प्रतिशोधको राजनीति गर्दैन ।’

एमालेका उम्मेद्वार एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रमा २०४८ साल देखि नै प्रतिनिधित्व गरेकोले उनको योगदानमा यहाँका मतदाता जानकार रहेको कार्कीको भनाइ छ । ‘केपी ओलीलाई झापा ५ मा सामिप्यता छ । सम्बन्ध छ । माया छ । प्रेम छ ’ कार्कीले भने ‘अरु उम्मेद्वारले आफ्नो परिचय दिंदै हिड्नु पर्ने अवस्था छ । त्यसैले पनि यो एमालेका लागि सहज क्षेत्र हो ।’

सचिव कार्कीले केपी ओलीको निर्वाचन क्षेत्र भएकोले यस क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय चासो बढेको बताए । कार्कीले जुनसुकै देशी वा विदेशी निकायलाई पनि यस क्षेत्रमा आएर निर्वाचनको माहोल हेरेर जान आग्रह गरे ।

अध्यक्ष ओलीले २०४८ सालमा ओलीले चुनाव लड्दा यस क्षेत्रमा धुलौटे बाटो र पेट्रोलमेक्सको उज्यालोमा चुनावी कार्यक्रम हुने गरेकोमा अहिले अधिकांस सडक पिच, सबैक्षेत्रमा बिजुलीबत्ती पुगेको र अन्य पूर्वाधारका थुप्रै काम भइसकेकोले यहाँको जनताको रोजाइमा केपी ओली नै पर्नुहुने बताए ।

युवराज सफल पक्राउ

काठमाडौं । युवराज सफल पक्राउ परेका छन् । उनी मंगलबार पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूको मानमर्दन गरेको आरोपमा उनलाई

Read More »

राजनीति भनेको प्रतिपष्पर्धा हो,प्रतिशोध होइन : सचिव हिक्मत कार्की

झापा। कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति भनेको प्रतिशोध नभइ प्रतिष्पर्धा भएको बताएका छन् । दमकमा आज पत्रकारहरुसँग कुरा गर्दै सचिव

Read More »

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौँ : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताएका छन् ।

Read More »

सुदूरपश्चिमका योजनालाई टुरिस्ट उम्मेदवारले संसदमा कुरा समेत उठाउँदैनन् : उपमहासचिव भट्ट

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले आफू निर्वाचित भएमा सुदूरपश्चिममा रहेका पुराना योजनालाई पूर्णता दिने बताएका छन् । काठमाडौंमा भएका कैलाली क्षेत्र नम्बर

Read More »

स्वास्थ्य बिमामा ३ तहकै सरकारको लगानी जरुरी छ- स्वास्थ्यमन्त्री गौतम

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छिन् । आज बिहान

Read More »

काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस मनायो

काठमाडौं स्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ। लैनचौरस्थित दूतावास परिसरमा सोमबार आयोजित विशेष कार्यक्रममा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतको

Read More »