रामेछापका एमाले उम्मेदवार माधव ढुङ्गेल पार्टीको आन्तरिक बैठक र घरदैलो अभियानमा

रामेछाप । रामेछापबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेल निर्वाचन केन्द्रित छलफल र मतदाता भेटघाट अभियानमा जुटेका छन् । जिल्लामा प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा एमालेले आन्तरिक संगठनात्मक छलफल र मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई सँगसँगै अघि बढाएको छ ।

यस क्रममा एमाले गोकुलगंगा गाउँपालिका कमिटी, मन्थली नगरपालिका कमिटी, लिखु तामाकोसी गाउँपालिका कमिटी, उमाकुण्ड गाउँपालिका कमिटी तथा खाँडादेवी गाउँपालिका कमिटीको बैठक सकी निर्वाचन केन्द्रित आवश्यक योजना बनाएको नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले बताए ।

पार्टीले बैठक तथा भेटघाटलाई एकैसाथ अघि बढाएको छ । ढुङ्गेलसहितको टोली लिखु तामाकोसी गाउँपालिका कमिटीको बैठकमा सहभागी भई स्थानीय मतदातासँग भेटघाट गर्दै उमाकुण्ड गाउँपालिका तर्फ अघि बढेको छ ।

सो क्रममा स्थानीय मतदातासँग भेटघाट र घरदैलो कार्यक्रम जारी रहेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिए । जिल्लाको हिमाली गाउँ गुम्देलसम्म पुगेर मतदातासँग भेटघाट गरी त्यहाँबाट तल्लो भागमा फर्कने श्रेष्ठले बताए ।

उम्मेदवार ढुङ्गेलले आफूले झुटा आश्वासन नदिने तर सकेको काम निरन्तर गर्ने मतदातासँग प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू जहिले पनि मतदाताको साथमा रहने बताएका छन् ।

अध्यक्ष कडरियाका अनुसार पार्टीले सबै भौगोलिक क्षेत्र समेट्ने गरी घरदैलो, छलफल र संवादलाई प्राथमिकता दिँदै चुनावी अभियान सञ्चालनको योजना बनाइएको छ । नयाँ युवा तर राजनीतिमा राम्रा दखल भएका, विकासको योजना भएका उम्मेदवार भएकाले ढुङ्गेललाई मतदाताले मन पराएका एमालेको दाबी छ ।

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »