स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछु : सभापति थापा

धनकौल : नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले आफ्ना मतदातासँग निर्वाचित सांसद प्रत्यक्षरुपमा जोडिनुपर्ने बताएका छन् ।

मधेस प्रदेशअन्तर्गत सर्लाही ४ मा उम्मेदवारी दिएपछि भेटघाट तथा पार्टी प्रवेशसम्बन्धी कार्यक्रममा व्यस्त रहनुभएका सभापति थापाले आज धनकौलमा आयोजित कार्यक्रममा सांसद कार्यालय स्थापना गरी आफ्ना मतदातासँग सिधै सम्पर्कमा रहेर विकास निर्माणलगायतका काममा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “मलाई यहाँका जनताले खोज्न अब कहीँ जानुपर्दैन, मेरो सम्पर्क कार्यालय यहीँ रहन्छ मैले पहाड बुझेँ, सहर बुझेँ र यसपटक मधेस बुझ्न उम्मेदवारीसहित यहाँ आएको हुँ । यहाँको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आफ्नो संयन्त्र, अनुभव र ज्ञानको अधिकतम सदुपयोग गरी समस्या सम्बोधनमा तल्लीन हुनेछु । तपाईँको नेता नभई बेटा (छोरा) बन्न सर्लाही आएको हुँ । तपाईँहरूले दिएको मतको सम्मान गर्दै विकास निर्माणलगायतका काममा समर्पित हुनेछु ।”

आफ्नो निर्वाचन क्षेत्रमा भएका भेटघाट तथा छलफलका क्रममा प्राप्त राय, सुझाव र अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै सर्लाहीवासीको अनुरोधपछि यहाँ आएकाले माया पाउने विश्वास व्यक्त गरे ।

सो अवसरमा बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ अन्तर्गत प्रदेश ‘ख’ को प्रदेशसभाका उम्मेदवार कृष्णकुमार कुशवाहसहित गोडैता नगरपालिका वडा नं १ का वडाध्यक्ष सुजित महतो, २ का वडाध्यक्ष अजयप्रसाद शाह, ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नं ११ का वडाध्यक्ष विश्वनाथ पण्डितसहितका विभिन्न पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनको यही माघ १६ गते शुक्रबार काठमाडौँ फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »