कांग्रेसले नागरिकका आवाज गम्भीरतापूर्वक सुन्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले नागरिकको आवाज गम्भीरतापूर्वक सुन्नुपर्ने आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

नेपाली कांग्रेस रामेछापका भ्रातृ एवम शुभेच्छुक संस्थाहरुले विहीबार आयोजना गरेको बृहत चुनावी भेला तथा चियापान कार्यक्रममा बोल्दै उनले विकासका धेरै काममा कांग्रेसको भूमिका रहेको दाबी गरे ।

शर्माले विगतको अवस्थासँग तुलना गर्दै भने, ‘तपाइँ हामीले गम्भीररुपमा नागरिकको कुरा सुन्नुछ । रापेछापका हरेक विकासका काममा कांग्रेस जोडिएको छ । तपाईहरु कयौं हुनुहुन्छ जसले सदरमुकाम वा काठमाडौं आएर कजेल पढ्नुभयो तर अहिले तपाईका छोरी वा छोरा गाउँमै प्लस टु पढ्न पाउनु भएको छ । त्यसमा पनि नेपाली कांग्रेस जोडिएको छ,’ उनले भने ।

उनका अनुसार गाउँगाउँमा खानेपानीको पहुँच बढेको छ । ‘पानीको समस्या अझै पूर्ण रूपमा समाधान भइसकेको छैन, पानीको दुःख अझै बाँकी छन् तर केही प्रगती पहिला भन्दा भएका छन्,’उनले बताए।

उपसभापति शर्माले विद्युत् र सञ्चार क्षेत्रका सुधारको पनि चर्चा गरे । ‘नेपाली कांग्रेस सरकारमा हुँदा वा बाहिर हुँदा पनि कांग्रेसको नीतिगत आधारमै मुलुकमा विकासका कामहरू भएका छन्,’ उनले भने।

यद्यपि उनले कांग्रेसबाट पनि कमजोरी भएका स्वीकार गरे । ‘हामीले गर्न नसकेका धेरै काम छन्, केही कमजोरी हामीबाट भए, जसका कारण नागरिक, मतदाता र युवा पुस्ता हामीसँग रुष्ट भए,’ शर्माले भने ।

उनले पटक पटक सरकार मात्र परिवर्तन भएकाले परिवर्तन भएको अनुभूति नागरिकलाई हुन नसकेको बताए । उनले भने, ‘३४ वर्षमा ३० वटा सरकार बनेपछि परिवर्तन भएको अनुभूति प्रधानमन्त्रीलाई मात्र हुनसक्छ, तर नागरिकलाई त्यो अनुभूति हुन सकेन ।’

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »