नयाँ दलहरुमा केही खास समूदायको मात्र वर्चश्व छ : विश्लेषक शाह

काठमाडौं । राजनीतिक विश्लेषक तुला नारायण शाहले नेपालमा पहिला संघर्ष गरेका,राजनीति बढि जानेका र दल निर्माणमा बढि सक्रिय भएका समूदाय आज दलहरुको वर्चश्वमा परेको बताएका छन् । आज काठमाडौंमा आयोजित समावेशी प्रतिनिधित्व तथा सिमान्तकृत समुदायमुखी घोषणापत्र सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उदाउँदै गरेका नयाँ दलहरुमा पनि केही खास समुदायको वर्चश्व स्थापित भएको बताए ।

यस्तै उनले सबै दलमा दलित समुदाय, मधेशी, थारु समुदाय, मुस्लिम र समग्रमा महिला समुदायको उपस्थिति दयाको पात्रको रुपमा देखिएको धारणा राखे । उनले भने,‘अथक प्रयासका बाबजुत पनि तथ्यांकले के देखाएको छ भने केही जातिय समुदायहरु निर्णय गर्ने ठाउँमा सहभागिता कम छ ।

नेपालमा केही समुदाय जो पहिला संघर्ष गरे,राजनीति बढि जाने,दल निर्माणमा बढि सक्रिय भए आज पनि तिनको वर्चश्व दलहरुमा रहेको छ । उदाउँदै गरेको दलहरुमा पनि केही खास समुदायको वर्चश्व स्थापित भएको छ । सबै दलमा दलित समुदाय ,मधेशी ,थारु, मुस्लिम र समग्रमा महिला समुदायको उपस्थिति दयाको पात्रको रुपमा देखिएको छ ।

त्यस्तै उनले नेपालको निर्वाचनमा जित्नेहरुको जातको आधारमा विश्लेषण गर्दा नेपालमा दलित समुदायले चुनाव नै नजित्ने अवस्था रहेको धारणा राखे । थारु, मुस्लिम, जनजाति, मधेशी र आदिवासीहरुले आफ्नो जनसांख्यिक बाहुल्यता भएको ठाउँमा मात्र निर्वाचन जित्ने अवस्था रहेको उनको भनाई छ ।

‘नेपालको निर्वाचनमा जित्नेहरुको जातको आधारमा विश्लेषण गर्दा परिणामको विश्लेषण हेर्दा नेपालमा दलित समूदायले चुनाव नै जित्ने अवस्था देखिदैन । महिलाहरु पनि कम जित्नेमा पर्ने रहेछ । थारु, मुस्लिम, जनजाति मधेशी र आदिवासी त्यहाँबाट मात्र चुनाव जित्छ जहाँ उनीहरुको जनसाख्यिक बाहुत्यता छ । खस आर्य समुदायका पुरुषहरु सातै प्रदेश ७७ जिल्लाबाट जितेको इतिहास छ ।’ उनले नेपालका सबै पार्टीहरुभित्रको आन्तरिक लोकतन्त्र र समावेशीताको अवस्था कमजोर भएको तर्क गरे ।

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »