जनकपुरधाम । मधेस प्रदेशका साढे १२ सय मतदानस्थतल अतिसंवेदनशील रहेको बताइएको छ । २ हजार १६० मतदानस्थलमध्ये १ हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको हो ।
बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामा ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य रहेको जानकारी दिइएको छ ।
मधेस प्रदेशमा कुल ४ हजार ४७१ मतदान केन्द्र छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन् ।










