आफ्नो मतदान केन्द्र केन्द्रित हुनुहोस् : सचिव कँडेल

सुर्खेत । नेकपा एमालेका सचिव यामलाल कँडेलले पार्टीका केन्द्रदेखि टोलसम्मका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनलाई लक्षित गर्दै मतदान केन्द्रित हुन निर्देशन दिएका छन् ।

आज प्रतिनिधि सभा क्षेत्र नं. १ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सचिव कँडेलले अबको चुनावी अभियानको शैली परिवर्तन गर्नुपर्ने बताए । उनले भीडभाड र ठूलो सभा भन्दा पनि मतदाता नामावली रहेको स्थानमा केन्द्रित भई योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

कँडेलले प्राप्त मतकै आधारमा नेतृत्वको मूल्यांकन हुने भएकाले प्रत्येक कार्यकर्ता आफ्नो जिम्मेवारीप्रति सचेत हुनुपर्ने बताए । उनले पार्टी संगठन बलियो बनाउन कमिटी प्रणालीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै व्याक्ति भन्दा कमिटीको भूमिकालाई अझ प्रभावकारी बनाउन पर्ने उल्लेख गरे ।

यो चुनाव कुनै एक उम्मेदवारको मात्र नभई पार्टी, विचार र सिद्धान्तको चुनाव भएकाले सबै कार्यकर्ता एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता भएको उनको भनाई थियोे । उनले जनताको घरदैलोमा पुगेर पार्टीको नीति, विचार र कार्यक्रम स्पष्ट रूपमा राख्न निर्देशन दिए ।

सचिव कँडेलले उम्मेदवार उपस्थित नभएको अवस्थामा पनि कार्यकर्ताले आफ्नो दैनिक गतिविधि वडामै केन्द्रित गर्नुपर्ने बताए । “यो दलिय चुनाव हो, समाजसेवाको भावना लिएर जनतामाझ जानुपर्छ,” उनले भने । पालिका, वडा र टोल नछाड्ने, मतदान केन्द्रमै बसेर मतदाता भेटघाट, संवाद र संगठन विस्तार गर्न उनले जोड दिए ।

उनले सबै मिलेर अघि बढे विजय निश्चित हुने विश्वास व्यक्त गर्दै संगठन सुदृढीकरण नै जितको मुख्य आधार भएको बताए । कमिटी प्रणालीबाट पार्टी सञ्चालन गर्नुपर्नेमा पुनः जोड दिँदै उनले अनुशासन, एकता र सक्रियताबाट मात्र लक्ष्य प्राप्ति सम्भव हुने धारणा राखे । भेलामा सहभागी कार्यकर्तालाई उत्साहका साथ निर्वाचन अभियानमा जुट्न आह्वान गर्दै उनले संगठन बलियो भए परिणाम स्वतः अनुकूल आउने विश्वास व्यक्त गरे ।

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »