अब रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरोधी अभियान मन नपराउने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन् । रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा चालेका कदमहरू केही शक्तिलाई मन नपरेको दाबी गरेका हुन् ।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध र सामाजिक विभेद अन्त्यका लागि निर्मम अभियान चलाएको स्मरण गरे । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूसँग सन्तुलित सम्बन्ध बनाएर मुलुकको समृद्धि बढाउने प्रक्रिया अघि बढाइरहँदा त्यही अभियान मन नपराउने समूह सक्रिय भई सरकार ढलाएको जिकिर गरे । अधुरा रहेका ती सुशासन र समृद्धिका अभियान पूरा गर्नका लागि जनताको र कार्यकर्ताको दृढता आवश्यक पर्ने भएकाले आफू पुनः जनताको बीचमा जान लागेको उनले प्रष्ट पारे ।

आगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्ने निर्णय लिनुको कारण खुलाउँदै प्रचण्डले यो केवल निर्वाचन क्षेत्र फेर्ने कुरा मात्र नभएको बताए । उनले रुकुम पूर्व जनयुद्धको केन्द्रीय आधार इलाका भएको र ऐतिहासिक चुनवाङ बैठकबाटै नेपालमा गणतन्त्रको शंखघोष गरिएको स्मरण गरे । चुनवाङ बैठकले नै महिला, दलित, जनजाति र उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउने नीति पास गरेको भन्दै उनले पार्टी इतिहासको अविस्मरणीय ‘लाभाङ बैठक’ र हुकाम–मैकोटको प्रतिरोधको विरासतलाई सम्मान गर्न आफू त्यहाँ जान लागेको बताए । देश अहिले ‘जेनजी’ आन्दोलन र विभिन्न विध्वंसपछि जटिल मोडमा रहेकाले राष्ट्रलाई एकताबद्ध गर्न र आन्दोलनलाई नयाँ उचाइ दिन रुकुम पूर्व रोज्नुपरेको उनको भनाइ छ ।

प्रचण्डले आफू भोट माग्न र चुनाव जित्नका लागि मात्र रुकुम पूर्व जान नलागेको दाबी गरे । उनले रुकुम पूर्वमा विकास, उत्पादन र रोजगारीको नयाँ ‘मोडेल’ खडा गरेर त्यसलाई समाजवादको भ्रूणका रूपमा विकास गर्ने योजना सुनाए । त्यहाँको जडीबुटी, पर्यटन, अर्ग्यानिक कृषि र आधुनिक भेडा पालनमार्फत हजारौँ युवालाई रोजगारी दिएर समाजवादको आधार तयार पार्ने आफ्नो सपना रहेको उनले बताए ।

तेस्रो पटक प्रधानमन्त्री हुँदा आफूले जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेको र पीडित परिवारलाई रोजगारी तथा आर्थिक परिपूरण दिने विधेयक तयार पारेको उनले जानकारी दिए । उक्त विधेयक कार्यान्वयनको सुरुवात आधार इलाकाबाटै गरेर सहिद र घाइतेहरूलाई उच्च सम्मान दिन आफू रुकुम जानुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे । प्रचण्डले आफ्नो जीवनको बाँकी समय राष्ट्र, सुशासन र समाजवादका निम्ति समर्पित गर्ने सङ्कल्प लिएको बताउँदै रुकुम पूर्वका जनताको भावना र विकासको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »