लत्रिएर धेरै पर पुग्नुभयो, फर्कनुहोस प्रचण्डजी : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्ट आन्दोलनको सपनालाई पूरा गर्ने अठोट अझै रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेकपा माओवादीको पार्टी ध्रुवीकरण कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्ने अठोट रहेको भन्दै आफू मरेर वा दुःख गरेर भएपनि नेपाली जनतालाई निराश हुन नदिने बताए ।

उनले भने, ‘हामी जुन सपना देखेर कम्युनिष्ट आन्दोलनमा लाग्यौं, त्यसलाई पूरा गर्ने हामीसँग अठोट छ । मरेर वा दुःख गरेर भएपनि नेपाली जनतालाई निराश हुन नदिने हामीभित्र अठोट छ । कार्यकर्ताहरु जो अहिले लागि रहेका छन् उनीहरुको जीवन यही माटोमा खोज्ने हामीभित्र आकांक्षा छ ।’

उनले पुष्पकमल दाहाल प्रचण्डले माओवादीको बजनदार जिम्मेवारीलाई बोक्न र थाम्न नसकेर लत्रिदै धेरै पर पुगेको भन्दै फर्किन आग्रह गरेका छन् । हिजो लडेका माओवादीहरुलाई पनि होस छ र लडाइँमा बलिदान दिएका आफ्नो मान्छेको सम्झना छ भने माओवादीमा फर्किन पनि उनले आग्रह गरेका छन् ।

उनले भने, ‘मान्छे जम्मा भएर वा धेरै मान्छे भएर कम्युनिष्ट पार्टी ठिक हुने हो, धेरै मान्छे थुपारेर लोभ–लालच देखाएर जनताहरु मान्ने हुन् । आफूले विकास गरेको विचारमा आफै उभिन नसकेपछि आफूले निर्माण गरेको इतिहासको रक्षा आफैंले गर्न नसकेपछि एउटा कुरुप चित्र आन्दोलनमा पैदा हुने रहेछ भन्ने कुरा देख्यौं ।

त्यसकारण आजको दिनमा कमरेड प्रचण्ड माओवादीको बजनदार जिम्मेवारी त्यसलाई बोक्न नसकेर, थाम्न नसकेर लत्रिदै धेरै पर पुग्नु भएछ । तपाई फर्किनु होस । हिजो लडेका माओवादीहरुमा होस छ भने फर्कियौं ।’ यस्तै, उनले दैनिक विभिन्न खालका नयाँ घटनाक्रमहरु घटिरहेको भन्दै नयाँ राजनीतिक पार्टीहरु जन्मिरहेको र पूराना पार्टीहरु मरिरहेकाले पुनगठन गर्ने प्रयास गरिरहेको बताए ।

कतै एकता हुने, कतै विभाजन हुने काम पनि भइरहेको भन्दै क्रान्तिकारी आन्दोलनमा ठूला ठूला उतारचढावहरु भईरहेको पनि उनको भनाई छ । साथै, उनले जनताको आँखामा अहिले सर्वहारा वर्गका नेताहरु मालिकमा र लुटेरामा बदलिएपछि उनीहरुलाई कारबाही गर्न जनता नै हिडेको पनि बताए ।

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »