सर्लाहीको ५ दिने दौडाहापछि काठमाडौं फर्किए गगन थापा

मलंगवा । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाहीको पाँचदिने दौडाहापछि काठमाडौं फर्किएका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा रहँदै उनले नेता, कार्यकर्ता र स्थानीय मतदातासँग प्रत्यक्ष संवाद र भेटघाट गरेका थिए ।

१२ माघमा सर्लाही पुगेका सभापति थापा घरदैलो कार्यक्रम, छलफल र अन्तरक्रियामा सक्रिय रहे । यस क्रममा पार्टी संगठन सुदृढीकरणसँगै स्थानीय जनताका समस्या, गुनासा र अपेक्षालाई नजिकबाट बुझ्न आफू केन्द्रित रहेको उनले बताएका छन् ।

सर्लाही आगमनका बेला पार्टीका नेता तथा कार्यकर्ताले उनलाई भव्य स्वागत गरेका थिए । भावी प्रधानमन्त्रीका रूपमा समेत चर्चामा रहेका थापाले सर्लाही–४ को विकास र समृद्धिका लागि आफ्नो भूमिका प्रभावकारी हुने प्रतिबद्धता जनाए ।

सर्लाही छोड्नुअघि सञ्चारकर्मीसँग बोल्दै सभापति थापाले भने, ‘यहाँ आइपुग्दा द्विविधा थियो, तर फर्किँदा भरोसा बोकेर जाँदैछु । जनताको माया र विश्वासले थप जिम्मेवारीको अनुभूति गराएको छ ।’

उनले सर्लाहीमा तटबन्ध निर्माण, उखु किसानको बाँकी भुक्तानी, कृषिजन्य उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र प्रमुख चुनौतीका रूपमा रहेको बताए । उनका अनुसार कृषिसम्बन्धी टोली फर्किसकेको छ भने सिँचाइसम्बन्धी टोली जिल्लामै रहेर अध्ययन गरिरहेको छ । सूचना प्रविधिसम्बन्धी टोली पनि छिट्टै सर्लाही पुगेर समस्याको अध्ययन गर्ने उनले जानकारी दिए ।

सभापति थापा जनकपुर विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन् । काठमाडौं प्रस्थानअघि उनले जनकपुरस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरे ।

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »