ट्रम्पको दाबी : रुस–युक्रेन शान्ति नजिक छ तर जेलेन्स्की र पुटिन एकअर्कालाई घृणा गर्छन्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यतर्फ केही प्रगति भइरहेको बताएका छन् । यद्यपि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको चिसिएको सम्बन्धका कारण शान्ति प्रयास ‘कठिन’ बनेको पनि उनले स्वीकार गरेका छन् ।

शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “जेलेन्स्की र पुटिन एकअर्कालाई घृणा गर्छन् । जसले समाधान निकाल्न निकै कठिन बनाएको छ । तर हामी सम्झौताका निकै नजिक पुगिरहेका छौँ । यसलाई टुंग्याउने राम्रो सम्भावना देख्छु ।”

ट्रम्पका यी अभिव्यक्ति उनले हालै पुटिनसँग फोन संवाद गरेको खुलासा गरेको एक दिनपछि आएका हुन् । उक्त संवादमा ट्रम्पले कडा जाडोका कारण मानवीय अवस्था जटिल बनेको भन्दै कीभ तथा अन्य शहरमाथि आक्रमण केही समयका लागि रोक्न अनुरोध गरेका थिए ।

क्याबिनेट बैठकमा ट्रम्पले भने, “मैले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई एक हप्ताका लागि कीभ र अन्य सहरहरूमा आक्रमण नगर्न आग्रह गरेँ, र उहाँ त्यसमा सहमत हुनुभयो । धेरैले भनेका थिए– ‘फोन कल खेर जानेछ’– तर उहाँले त्यसो गर्नुभएन ।” आफ्नो अनुरोधको कारण स्पष्ट पार्दै ट्रम्पले युक्रेन क्षेत्रमा असाधारण चिसो परेको उल्लेख गरे । “त्यहाँ असाधारण जाडो छ, रेकर्ड तोड्ने चिसो । यो यहाँ वासिङ्टनमा परेको चिसोसँग मिल्दोजुल्दो छ,” उनले भने ।

तर, कूटनीतिक प्रयासका बीच पनि जमिनमा हिंसा भने जारी छ । युक्रेनी अधिकारीहरूका अनुसार बिहीबार राति दक्षिणी जापोरिझ्झिया क्षेत्रमा रूसी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।

यस्तै, राष्ट्रपति जेलेन्स्कीले रूसले अर्को ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् ।

यी घटनाक्रम आउँदो सप्ताहन्तमा हुने अपेक्षित अमेरिकी मध्यस्थतामा शान्ति वार्ताको पृष्ठभूमिमा भएका हुन् ।

यसैबीच, रूसले युद्ध अन्त्यका लागि वार्ताका लागि जेलेन्स्कीलाई मस्को आमन्त्रण गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार उक्त जानकारी दिएका हुन् ।

गत साता अबुधाबीमा रूस, युक्रेन र अमेरिकाबीच पहिलो त्रिपक्षीय बैठक सम्पन्न भएपछि मस्कोलाई सम्भावित वार्ता स्थलका रूपमा विचार गरिएको पेस्कोभले रूसी समाचार संस्था टासलाई बताएका छन् ।

लगातार दोस्रो दिन वरिष्ठ क्रेमलिन अधिकारीहरूले जेलेन्स्की वार्ताका लागि तयार भए मस्कोमा स्वागत गरिने संकेत दिएका छन् । राष्ट्रपति सहायक युरी उशाकोभले युक्रेनी राष्ट्रपतिको सुरक्षाको पूर्ण प्रत्याभूति र आवश्यक सबै व्यवस्था गरिने बताएका छन् । एएनआई

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »