राजनीतिक स्थिरता र समृद्धिका लागि एमालेको एकल सरकार आवश्यक : माधव ढुङ्गेल

रामेछाप । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) रामेछापका उम्मेदवार माधव ढुङ्गेलले रामेछाप जिल्ला र समग्र देशको विकास तथा समृद्धिका लागि आवश्यक नीति निर्माण र त्यसअनुसारका कानुन बनाउनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

शनिबार बिहान एमाले रामेछापको प्रचार तथा प्रकाशन विभागले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आगामी निर्वाचनमा एमाले र आफूलाई मत दिनुपर्ने आधारबारे स्पष्ट धारणा राखेका हुन् ।

उम्मेदवार ढुङ्गेलले देशमा राजनीतिक स्थिरता, विकास, समृद्धि र दिगोपन सुनिश्चित गर्न एमाले नेतृत्वको सरकार आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार मुलुकलाई स्थायित्वको मार्गमा अघि बढाउन एकल नेतृत्वको सक्षम सरकार गठन अपरिहार्य छ ।

कार्यक्रममा उनले भदौ २३ र २४ गते भएका विध्वंस र विनाशका घटनाबारे पनि टिप्पणी गर्दै त्यस्ता घटना कुनै नेपालीले गर्न नसक्ने बताए । उनले देशमा सुरक्षाको प्रत्याभूति दिलाउन तथा यस्ता गतिविधि रोक्न एमाले नेतृत्वको सरकार आवश्यक रहेको धारणा व्यक्त गरे ।

उम्मेदवार ढुङ्गेलले रामेछाप जिल्ला कृषि, पर्यटन, जलस्रोत लगायतका क्षेत्रमा निकै धनी रहेको उल्लेख गर्दै यी सम्भावनालाई व्यावसायिक रूपमा विकास गर्ने योजना अघि सारेका छन् । उनले कृषि र पर्यटन क्षेत्रलाई व्यवस्थित र व्यवसायिक बनाउने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने र रोजगारी सिर्जना गर्ने नीति निर्माणमा आफू निरन्तर लाग्ने बताए ।

त्यसैगरी, उनले रामेछापका जलस्रोतबाट प्राप्त हुने रोयल्टी रामेछापका जनताले नै पाउने व्यवस्था सुनिश्चित गर्न आवश्यक कानुन बनाउन प्रतिनिधि सभामा पहल गर्ने प्रतिबद्धता जनाए । विदेश पलायन भएका युवालाई देशमा फर्किएर काम गरेर बस्ने वातावरण बताउनु आफ्नो प्राथिमक कार्य बनेको उनले स्पष्ट पारे ।

उम्मेदवार ढुङ्गेलले आफू निर्वाचन जितेर प्रतिनिधि सभामा पुगेपछि रामेछाप र रामेछापवासीको शिर झुक्न नदिने दाबी गरे । उनले जनताको विश्वासलाई सम्मान गर्दै जिल्लाको विकासका लागि दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफू पहिलोपटक निर्वाचनमा सहभागी हुन लागेको उल्लेख गर्दै नयाँ सोच र खोज गर्ने युवाहरूको मागलाई आफ्नो उपस्थितिले सम्बोधन गर्ने विश्वास दिलाए ।उनले रामेछापवासीलाई एक पटक आफूलाई जाँचेर हेर्न आग्रह गर्दै विकास र समृद्धिको यात्रामा साथ दिन तथा आफूलाई निर्वाचित गर्न हार्दिक अनुरोध गरे ।

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »