मन्थली चिसापानीका किसानलाई बाँदरको चिन्ता, समात्नेलाई एक हजार नगद

रामेछाप । मानव बस्ती पातलिँदै र जङ्गल क्षेत्र बढ्दै जाँदा गाउँघरमा बस्ने मानिसहरूलाई सबैभन्दा बढी चिन्ता बाँदर नियन्त्रणको भएको छ । गाउँमा लगाएको बाली बाँदरले नष्ट पार्न लागेपछि धेरै गाउँका स्थानीयले बाली नै लगाउन छाडेका छन् । बाली लगाउने किसानलाई यतिबेला सबैभन्दा बढी चिन्ता कसरी बाली जोगाउने भन्ने छ ।

बाँदरले बाली लगाएर खान नदिएपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा बाँदर नियन्त्रण गर्ने समिति नै बनेको छ । वडा कार्यालयको अगुवाइमा बाँदर नियन्त्रण गर्ने समिति बनाइएको वडाध्यक्ष गोपाल श्रेष्ठले बताए ।
यदि बाँदर नियन्त्रण र व्यवस्थापन गर्न नसक्ने हो भने देशका ग्रामीण भेगमा मानिसहरू बस्नै नसक्ने अवस्था बनेको श्रेष्ठले बताए । चिसापानीका सबै किसानहरूको भेला बोलाएर बाँदर व्यवस्थापन र नियन्त्रण समिति बनाइएको श्रेष्ठले जानकारी दिए ।

कृषिको लागि सरकाले सहयोग गरेको भएपनि किसानले बाली लगाएर खान नसक्ने अवस्था भएको उनले बताए । त्यसैले यसको लागि सबैको सहकार्य आवश्यक रहेको उनले बताए ।

बाँदर समाते बापत वडाले बाँदर समात्नेलाई प्रति बाँदर एक हजार रुपैँया वडाले दिने गरेको पनि उनले जानकारी दिए । बाँदर समातेर रङ्ग लगाएर छाड्ने लगायतका कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।

बढ्दो जंगलको कारण बाँदर नियन्त्रणमा निक्कै असहज भएको स्थानीयको भनाइ छ । ‘बाँदर रुखको टुप्पामा पुग्छ, बूढाबूढीले त धपाउनै सकिँदैन’, स्थानीयले भने । त्यसलाई नियन्त्रण गर्न बारी काल्नाका रुखहरू काँटछाँट गर्ने कार्यक्रम समेत सो वडाले अघि सारेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

‘बारी काल्नाहरु नै जङ्गल जस्ता भइसके, त्यसैले बाँदर त्यहीँ बस्न लागे, यसलाई निमन्त्रण गर्न हामीले बारी काल्नाका रुख पात काँटछाँट र पतल्याउने कार्यक्रम पनि अघि सारेका छौँ’, श्रेष्ठले भने ।

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »

प्रचण्ड रास्वपाको महाधिवेशनमा नजाने, वर्षमानलाई पठाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नजाने भएका छन् । भोलिदेखि चितवनमा हुन

Read More »

प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारीसहितको भिडियो सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मकालु बेस क्याम्प ट्रेकको भिडियो पोस्ट

Read More »