निजी क्षेत्रलाई ‘दलाल’को ट्याग लगाउनु हुँदैन : महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गरेर ‘दलाल’को ट्याग लगाउन नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घले आइतबार काठमाडौँमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा दलको तर्फबाट धारणा राख्दै उनले राजनीतिक दलले कानुनको दायरामा बसेर नाफा कमाउनेलाई दलाल भन्न नहुने बताएका हुन् । दलहरूले लामा घोषणापत्र ल्याउने र ती घोषणापत्रमा लेखिएका कुरा पुरा नहुने भएकाले कांग्रेसले ‘१० बुँदामा घोषणपत्र’ ल्याउने पनि पौडेलले जानकारी दिए ।

‘कानुनको दायरामा बसेर नाफा कमाउनेहरूलाई हामीले दलालको ट्याग लगाउनु हुँदैन, यो भास्यको अन्त्य हुनुपर्छ । उनीहरुले रोजगारी सृजना र राज्यलाई तिर्ने कर ठुलो हुन्छ,’ पौडेलले भने, ‘व्यवसायीले ठुलो मेहनतले पुँजी निर्माण गरेको हुन्छ । पुँजी निर्माणमा निजी क्षेत्रलाई हामीले सहयोग गर्नुपर्छ ।’ पौडेलले सम्भाव्य क्षेत्रमा रोजगारी सृजना गर्ने खाका दलहरूका घोषणा पत्रमा हुनुपर्ने बताए । नयाँ क्षेत्रको पहिचान गरी अर्थतन्त्रमा ती क्षेत्रलाई जोड्ने योजना पनि घोषणा पत्रमा हुने उनको भनाइ छ ।

‘हामीले घोषणापत्रमा राख्ने कन्टेन्टको विषयमा सबैसँग छलफल गरेर राख्नुपर्छ । हामी सबैको सुझाव समेट्छौँ । छलफल चलाइरहेका छौँ’ उनले भने– ‘हामीले स्थिरता चाहिन्छ भनेको आर्थिक विकासकै लागि हो । अब हामीले राम्रा आर्थिक मुद्दा ल्याएर प्रतिस्पर्धा गर्ने हो । गाली गरेर हैन ।’ राजनीतिक दलका कार्यक्रमका आधारमा जनताले मतदान गर्ने भन्दै आर्थिक दृष्टिकोणमा दलहरू स्पष्ट हुनुपर्ने र कांग्रेसले यसलाई आत्मसात् गरेको बताए ।

‘यस अघिका घोषणापत्रमा धेरै लेख्यौँ । हामीले कार्यान्वयन गर्न सकेनौँ । अब भनिएका गरिएका बाचा कार्यान्वयन हुने गरी एजेन्डा आउँछन् । देशका लागि १० एजेन्डा भनेर नेपाली कांग्रेसले तयारी गरेको छ । हाम्रा सबै आशय यसैमा समेट्छौँ ।जनतालाई चित्त बुझ्नेगरी ल्याउँछौँ । हामी भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहन्छौँ ।’

अर्थतन्त्रलाई डीजिटलाइजेसन गरेर मात्र भ्रष्टाचारको अन्त्य गर्न सकिने उनको भनाइ छ । प्रशासनिक संयन्त्र र तहगत सरकारका कामलाई पनि डिजिटलाइजेसन गर्न आवश्यक रहेको उनको भनाइ छ । थोरै पुँजीगत खर्चबाट देश विकास गर्न नसकिने भन्दै यसलाई बढाउन के गर्न सकिन्छ भन्ने सोचसहित आफूहरूले योजना बनाइरहेको उनको भनाइ छ । उत्पादन निजी क्षेत्र गर्ने भन्दै यसलाई खुम्च्याउन नहुने उनको भनाइ छ ।

‘शिक्षा, स्वास्थ्यमा राज्यले लगानी गर्नुपर्छ । रोजगारी सृजना गर्ने र उत्पादन बढाउने निजी क्षेत्रले गर्ने हो,’ पौडेलले भने, ‘निजी क्षेत्रलाई फराकिलो बनाउनुपर्छ । प्राचिन र पुरातन कुरा गरेर केही अर्थ छैन ।’ चीन र भारतलाई लक्षित गर्दै पौडेलले छिमेकी र अन्य देशसँगको सम्बन्धको बारेमा राष्ट्रिय धारण बनाउने बताए । यसका लागि सबै दल तयार हुनुपर्ने पनि उनको भनाइ छ ।

नयाँ कानुनहरू व्यवसायिक बनाउनुपर्ने हो भने निजी क्षेत्रले स्पष्ट रूपमा भन्न सक्नुपर्ने र त्यसलाई राजनीतिक दलले पनि आत्मसात् गर्नुपर्ने पौडेलले बताए ।  ‘एनआरएनहरूको पुँजी किन हामीले नेपालमा भित्र्याउन सकेनौँ ? पुँजी भित्र्याउन कडाइ गरेर वैदेशिक लगानी आउँदैन,’ पौडेलले भने ।

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »

प्रचण्ड रास्वपाको महाधिवेशनमा नजाने, वर्षमानलाई पठाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नजाने भएका छन् । भोलिदेखि चितवनमा हुन

Read More »

प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारीसहितको भिडियो सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मकालु बेस क्याम्प ट्रेकको भिडियो पोस्ट

Read More »

सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज सुनसरी र मोरङ लगायत आसपासका जिल्ला भई बहने स-साना नदी तथा खोलाहरूमा आकस्मिक

Read More »

विश्वकप फुटबलमा ब्राजिलद्वारा हाइटी पराजित

काठमाडौँ : फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो

Read More »