प्रत्यक्षतर्फको ३० लाख मतपत्र छपाई सकियो

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका २५ जिल्लाका ३० लाख मतपत्रको छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म विभिन्न २५ जिल्लाका लागि आवश्यक ३० लाख मतपत्र छापिसकिएको हो ।आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले भने, “२५ जिल्लाका प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सकिएको छ । अब १ करोड ७० लाख मतपत्र छाप्न बाँकी छ ।”

उनका अनुसार दैनिक १२ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ । हालको गतिमा छपाइ कार्य अघि बढेमा आयोगले तय गरेको कार्यतालिकाभित्रै सबै मतपत्र छपाइ सम्पन्न हुने जनाएको छ । “निर्धारित कार्यतालिकाअनुसार सबै काम तोकिएको समयमै सकिने गरी अघि बढिरहेका छौँ,” प्रवक्ता भट्टराईले स्पष्ट पारे ।

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »

प्रचण्ड रास्वपाको महाधिवेशनमा नजाने, वर्षमानलाई पठाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नजाने भएका छन् । भोलिदेखि चितवनमा हुन

Read More »

प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारीसहितको भिडियो सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मकालु बेस क्याम्प ट्रेकको भिडियो पोस्ट

Read More »

सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज सुनसरी र मोरङ लगायत आसपासका जिल्ला भई बहने स-साना नदी तथा खोलाहरूमा आकस्मिक

Read More »

विश्वकप फुटबलमा ब्राजिलद्वारा हाइटी पराजित

काठमाडौँ : फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो

Read More »