संविधान मिचेर हुने कुनै पनि निर्णय स्वीकार्य छैन : मुख्यमन्त्री कँडेल

कर्णाली : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संविधान मिचेर हुने कुनै पनि निर्णय प्रदेशलाई स्वीकार्य नहुने बताएका छन्। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको आइतबार सुर्खेत वीरेन्द्रनगरमा बसेको पहिलो बैठकमा मुख्यमन्त्री कँडेलले सङ्घीय सरकारसँग टकराव नभई सम्मानजनक सहकार्य चाहेको बताए । उनले सदनलाई सम्बोधन गर्दै भने, “प्रदेश सरकार न कुनै वैकिल्पक व्यवस्था हो, न सङ्घीय सरकारको एकाइ हो, यो त जनआन्दोलनको उपलब्धि र संविधानको मेरुदण्ड हो ।”

सङ्घीय सरकारबाट बजेट प्राप्त हुने नाममा भएको पत्राचारमाथि हामी प्रदेश सरकारहरुको सामूहिक प्रतिवादले निर्णय सच्याउन तयार भएको जनाउँदै त्यसबाट केही सुधार भएको मुख्यमन्त्री कँडेलले बताए । जेनजी आन्दोलनपश्चात् बनेको नागरिक सरकारको मुख्य काम आसन्न फागुन २१ गते चुनाव सम्पन्न गर्ने भनिए पनि चुनाव हुनेमा संशय रहेको उनको भनाइ थियो ।

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »

प्रचण्ड रास्वपाको महाधिवेशनमा नजाने, वर्षमानलाई पठाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नजाने भएका छन् । भोलिदेखि चितवनमा हुन

Read More »

प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारीसहितको भिडियो सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मकालु बेस क्याम्प ट्रेकको भिडियो पोस्ट

Read More »

सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज सुनसरी र मोरङ लगायत आसपासका जिल्ला भई बहने स-साना नदी तथा खोलाहरूमा आकस्मिक

Read More »

विश्वकप फुटबलमा ब्राजिलद्वारा हाइटी पराजित

काठमाडौँ : फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो

Read More »