मधेस प्रदेशका सांसद सिंह सहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । उक्त मुद्दा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागवादी गरिएको छ । उपभोक्ता समितिको खाताहरूमा जम्मा दाखिला भएको रकम आफ्नो स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा दाखिला गरेर हिनामिना गरेको अभियोगमा सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

सिंहसहित रमेश मडर,अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, विभादेवी खत्वे, शम्भुकुमार मण्डल, योगिन्दर महतो, सुनयना कुमारी,यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

अख्तियारले धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीसँग १ लाख ८५ हजार २६० रुपैयाँ, उपभोक्ता समितिको अध्यक्ष  योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीसँग ६ लाख ५७ हजार ७०० बिगो माग दाबी गर्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको थियो ।

त्यस्तै उपभोक्ता समितिको अध्यक्ष रामनाथ सहनी र कोषाध्यक्ष स्वीकृति देवी भन्ने स्वीकृति देवीसँग २ लाख १४ हजार ३ सय ५० रुपैयाँ, माईस्थान मन्दिरको सौन्दर्यीकरण उपभोक्ता समितिको अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष विभादेवी खत्वेसँग १ लाख ५० हजार, रधवा पिपलदेखि सहसौला अनेरभाटदेखि जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र कुमार झासँग १८ लाख ९१ हजार ९ सय रुपैयाँ, उपभोक्ता समितिको कोषाध्यक्ष मञ्जु देवी पासमानसँग २१ लाख ९३ हजार ८ सय १५ रुपैयाँ बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सिंहले मधेस प्रदेश, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम (प्रदेश संसदीय विकास कोष) अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेटमा विनियोजन भएको रकमबाट मधेस प्रदेश, महोत्तरी जिल्ला क्षेत्र नं.४ (ख) अन्तर्गतका रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडाहरूमा विकास योजनाहरू सञ्चालन गर्नको लागि गठन भएका उपभोक्ता समितिहरू देवी माहारानी सौन्दर्यीकरण उपभोक्ता समिति, मनराशिसवा न.पा. वडा नं. २ कट्टी, रधवा पिपल गुरुकुल एकेडेमी हुँदै अनहेरभाटस्थानसम्मको सडक स्तरोन्नति कार्य उपभोक्ता समिति, सम्सी गा.पा. वडा नं. ५ संग्रामपुर, अधुरो कमलामाई मन्दिर निर्माण तथा मालतमाई स्थानको कम्पाउन्डवाल निर्माण उपभोक्ता समिति र मनराशिसवा न.पा.वडा नं. ७, कञ्चनियामाई मन्दिर सौन्दर्यीकरण निर्माण उपभोक्ता समिति रामगोपालपुर–५, कञ्चनपुरबाट कमिसन लिएको अनुसन्धानमा देखिएको छ ।

त्यस्तै, माइस्थान मन्दिरको सौन्दर्यीकरण निर्माण उपभोक्ता समिति, रामगोपालपुर न.पा. वडा नं. ८, हरिणमरी, रधवा पिपल चौकदेखि वडा नं. ७ सहसौलासम्म साथै अनहेरभाट स्थानदेखि जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म माटो ग्रेभल निर्माण उपभोक्ता समिति, सम्सी गा.पा. ४, गौढा, धर्मशाला निर्माण कार्य उपभोक्ता समिति, मनराशिसवा न.पा.वडा नं.७ र धर्मशाला एवं रामनारायण महतोको घरदेखि रामबृक्ष महतोको गाछीसम्म बाटो स्तरोन्नति उपभोक्ता समिति रामगोपालपुर न.पा. वडा नं. ४ को लागि विनियोजन भई सो उपभोक्ता समितिहरूको नाममा साबिकको लक्ष्मी बैंक हाल लक्ष्मी सनराइज बैंक लि. मा रहेको खातामा जम्मा भएको कूल रकम १ करोड २६ लाख २७ हजार ४ सय ८१ रुपैयाँ मध्ये प्रतिवादी सरोजकुमार सिंहले प्रयोग प्रचलन गर्दै गरेको सरोजकुमार सिंह र श्रीमती सरिताकुमारी महतो सिंहको नाममा सोही बैङ्कमा रहेको संयुक्त खाता नं. १२९२०००७२२१ मा ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ अर्थात औसतमा २८‍.२५  प्रतिशतको दरले कमिसन लिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »

प्रचण्ड रास्वपाको महाधिवेशनमा नजाने, वर्षमानलाई पठाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नजाने भएका छन् । भोलिदेखि चितवनमा हुन

Read More »

प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारीसहितको भिडियो सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मकालु बेस क्याम्प ट्रेकको भिडियो पोस्ट

Read More »

सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज सुनसरी र मोरङ लगायत आसपासका जिल्ला भई बहने स-साना नदी तथा खोलाहरूमा आकस्मिक

Read More »

विश्वकप फुटबलमा ब्राजिलद्वारा हाइटी पराजित

काठमाडौँ : फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो

Read More »