नेपालमा नीतिगत सुधारको प्रक्रिया जटिल : वनमन्त्री

काठमाडाैँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले नेपालमा नीतिगत सुधार गर्न प्रक्रिया जटिल रहेको बताएका छन् । आइतबार कार्बन व्यापारसम्बन्धी ललितपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालमा नीतिगत सुधारको प्रक्रिया झन्झिटिलो रहेको बताएका हुन् । उनले कार्बन व्यापारसम्बन्धी नीति निर्माणको प्रक्रिया शुरु भएको भएपनि हालसम्म टुंगोमा नपुगेको बताए ।

नीति निर्माण प्रक्रिया सुस्त हुँदा लगानीकर्ताहरु यस क्षेत्रमा प्रवेश गर्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । मन्त्री चौलागाईंकाअनुसार प्रक्रियागत जटिलता र ढिलाइका कारण उच्च जोखिम लिनसक्ने सिमित समूह मात्र कार्बन बजारमा सहभागी हुनसक्ने देखिएको छ ।

उनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपिसी) मा यसअघि नै कार्बनसम्बन्धी केही काम भइरहेको जानकारी दिए । हाल तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी–३) को प्रतिवेदनले कार्बनको ठुलो बजार सिर्जना गरेको उनले बताए ।

उनकाअनुसार एनडिसी–३ को कार्ययोजना (एक्शन प्लान) को मस्यौदा अन्तिम चरणमा पुगेको छ । सो कार्ययोजना सार्वजनिक भएपछि त्यसकै आधारमा थप नीतिगत तथा कार्यक्रमगत काम अघि बढाउन सकिने उनले जानकारी दिए ।

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज दिउसो ४:३० बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

Read More »

मधेस प्रदेश सरकारको ११ महिनामा पुँजीगत खर्च १३ दशमलव ७६ प्रतिशत मात्र

जनकपुरधाम : चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ । प्रदेश अर्थ मन्त्रालयका अनुसार

Read More »

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले यस वर्ष परीक्षा सञ्चालनको ३५ दिनमै नतिजा सार्वजनिक गरेको हो। यस पटक

Read More »