आउँदाे चुनावमा राप्रपा  बलियो नभए मुलुकमा जेन-जी विद्रोह भन्दा ठूलो दुर्घटना हुन्छ : राजेन्द्र लिङदेन

काठमाडाैँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी नभए देश जेन–जी आन्दोलनको भन्दा ठूलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन्। आइतबार काठमाडौंका पार्टीका उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा अध्यक्ष लिङदेनले देशलाई दुर्घटनामा जान नदिन नागरिकले राप्रपालाई मत हाल्नै पर्ने जिकिर गरेका हुन्।

उनले भने, ‘अहिले देश बनाउने भन्दा पनि बचाउने कुरामा हाम्रो ध्यान जानुपर्ने बेला भएको छ। तपाई कल्पना गर्नुस् त, सिंहदरवार जलाउने उक्साउनेहरू र सिंहदरबार जल्दाखेरी यसलाई जोगाउन नसक्नेहरू अहिले कुन प्रकारको अतिवादको कुरा गरिरहेका छन । म अपिल पनि गर्न चाहन्छु-कि हामीले सबैले यो चुनावलाई हाम्रा उम्मेदवारदेखि नेता, कार्यकर्ता सबैले सामान्य चुनाव नठानेर यो राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्दालाई स्थापित गर्ने र देशलाई दुर्घटनामा जानबाट रोक्ने एउटा प्रजातान्त्रिक माध्यमको रुपमा यसलाई उपयोग गर्न म अपिल गर्दछु ।’

उनले थपे, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो पार्टी कमजोर बन्ने हो । र, संसदमा यसको उपस्थिति कमजोर बन्ने हो भने मैले यत्रो सञ्चार माध्यामको अगाडि भनेको छु-राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि कुने विध्वंश गर्छ, विद्रोह गर्छ । देशमा दुर्घटना हुन्छ भनेर धम्की लगाएको होइन । तर राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो उपस्थिति त्यहाँ कमजोर भयो भने निकट भविष्यमै यिनीहरूकै अकर्मण्यताका कारण आलोकाँचो व्यवहारका कारण देश अस्तीको भन्दा ठूलो दुर्घटनातर्फ जाने सुनिश्चित छ । देशलाई थप दुर्घटनामा जान नदिन पनि राप्रपालाई मतदाताले जिताउन जरुरी छ ।’

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज दिउसो ४:३० बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

Read More »

मधेस प्रदेश सरकारको ११ महिनामा पुँजीगत खर्च १३ दशमलव ७६ प्रतिशत मात्र

जनकपुरधाम : चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ । प्रदेश अर्थ मन्त्रालयका अनुसार

Read More »

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले यस वर्ष परीक्षा सञ्चालनको ३५ दिनमै नतिजा सार्वजनिक गरेको हो। यस पटक

Read More »