रवि लामिछाने फेरि जेल जाने निश्चित छ : ममता शर्मा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश संस्थापक सभापति ममता शर्माले पार्टी सभापति रवि लामिछाने फेरि जेल जाने निश्चित रहेको र उनलाई दिइने मत खेर जाने दाबी गरेकी छन्।

रास्वपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेकी शर्माले संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन्।

चितवन क्षेत्र नम्बर-२ का मतदातासँग अपिल गर्दै शर्माले भनिन्, ‘दुई-दुई पटक तपाईंहरूले ५० हजारभन्दा बढी मत दिएर रवि लामिछानेजीलाई जिताउनुभयो।

एउटा विवादित व्यक्तिलाई पटक-पटक मतदान गर्दा तपाईंहरूको भोट खेर गइरहेको छ। यसपटक विचार पुर्‍याएर राम्रो व्यक्तिलाई अगाडि बढाउनुस्।’

उनले लामिछानेको कानुनी संकट अझै नसकिएको र उनी फेरि जेल जाने अवस्था रहेको जिकिर गरिन्।

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । राहदानी छपाई

Read More »

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने सस्तियो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। महासंघले आजका

Read More »

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ : चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ ।

Read More »