नयाँ दलहरू क्षणिक हावाहुरी हुन्, त्यो सधैँ चल्दैन : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक दलहरूलाई ‘क्षणिक हावाहुरी’ को संज्ञा दिँदै उनीहरूको आयु छिट्टै सकिने टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीको चुनावी सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ दलहरूसँग मुलुक हाँक्ने ठोस सिद्धान्त र सांगठनिक आधार नभएको दाबी गरे।

निर्वाचनको संघारमा नयाँ दलहरूले पाएको आकर्षणलाई सामान्य मौसमी प्रभावको रूपमा टिप्पणी गर्दै उनले भने, ‘हावाहुरी केही दिन आएजस्तो देखिए पनि त्यो सधैँ चल्दैन। मानिसहरूले बुझिसकेका छन् कि देशलाई वैचारिक र सैद्धान्तिक नेतृत्व दिन सक्ने शक्ति कुन हो। आवेगको भरमा आएको लहरले मुलुकको जटिल राजनीतिलाई निकास दिन सक्दैन।’

प्रचण्डले नयाँ दलहरूले बाँडेको सपनालाई ‘भ्रमको खेती’ भन्दै जनता पुनः आफ्नै पार्टीको एजेन्डा र संगठनमा फर्किएको जिकिर गरे । साथै, इतिहासमा नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका शक्तिहरूले निर्वाचन बिथोल्न चलखेल गरेको आरोप पनि लगाए । उनले देशमा दुई प्रकारका प्रवृत्ति सक्रिय रहेको बताए- एकातर्फ शान्तिपूर्ण आन्दोलन गर्नेहरूलाई निशाना बनाउने र अर्कातर्फ विध्वंसकारी गतिविधि गर्ने शक्ति। यी प्रवृत्तिविरुद्ध आफ्नो पार्टी खडा रहेको प्रचण्डको भनाइ थियो ।

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । राहदानी छपाई

Read More »

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने सस्तियो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। महासंघले आजका

Read More »

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ : चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ ।

Read More »