धादिङ बस दुर्घटना : २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ को मृत्यु

काठमाडौँ : पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएकोे ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ । उनले उपचारका लागि ल्याइएका २३ जनामध्ये अर्का एक जना घाइतेको भने मृत्यु भएको जानकारी दिए । उनको पहिचान खुलेको छैन । नेशनल अस्पताल कलंकीमा ९ जना पुरुष, १ जना महिला उपचाररत छन् । ट्रमा सेन्टरमा ७ पुरुष र ५ महिलाको उचार भइरहेको छ ।

नेशनल सिटी अस्पतालमा उपचार हुनेमा सितापाईला बस्ने वर्ष ३३ को राजेश कुँवर, तनहुँ भक्ते बस्ने वर्ष १८ को सुविन मल्ल, कास्की लेखनाथका ३५ वर्षीया प्रतिभा पौडेल, कास्कीको देविनगरका २३ वर्षीय चन्द्रआशिष फुँयाल, काठमाडौँ लोलाङ बस्ने वर्ष १९ का संगम मल्ल, कास्की चिसुवा घर भएका वर्ष ३९ की प्रमिला भट्टराई, स्याङ्जा फेदिखोला ४ घर भएका वर्ष ६४ का डम्मरबहादुर विक, काठमाडौँ कलंकी घर भएका वर्ष २५ को कृष्ण तिवारी, कास्की घर भएका वर्ष २० को सुनम गुरुङ र धादिङ धुनिबेशी घर भएका वर्ष ३६ को राजेन्द्र बिसुन्के रहेका छन् ।

यस्तै ट्रमा सेन्टरमा उपचार भइरहेकाहरूमा चिनियाँ नागरिक २२ वर्षीया कि मिसि हाउ, काठमाडौँ बौद्धका वर्ष ४८ की एन्जी शेर्पा, तनहुँका वर्ष ४५ को सोमप्रसाद मल्ल, झापाका वर्ष ३० को विपिन मानन्धर, काठमाडौँ गोकर्णका वर्ष २८ की पुजा फुयाल, स्याङ्जा फेदिखोलाका २६ वर्षका सचिन्द्र सुनार र कास्की लेखनाथका प्रदीप लामिछाने छन् । यस्तै ट्रमा सेन्टरमै काठमाडौँको बौद्ध बस्ने नोर्बु पाल्देन, कपनका स्वर्णीमा खत्री, कास्कीका १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा र काठमाडौँ बौद्धका ४८ वर्षीया लङ्साङ्गोली लामाको उपचार भइरहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका छन् ।

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । राहदानी छपाई

Read More »

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने सस्तियो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। महासंघले आजका

Read More »

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ : चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ ।

Read More »

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने भएको छ । विश्वविद्यालयले १८औँ सिनेट, चौथो दीक्षान्त र १६औँ वार्षिकोत्सव समारोह यही असार

Read More »