अफगानिस्तानमा पाकिस्तानकाे हवाई आक्रमण : ८० जना भन्दा बढीको मृत्यु

काठमाडाैँ ।  अफगानिस्तानको नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले हवाई गरेको जनाइएको छ । आक्रमणमा ८० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको जियो न्यूजले इस्लामाबादको सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

पछिल्लो आत्मघाती आक्रमणको प्रतिक्रियामा पाकिस्तानले पनि यस क्षेत्रमा धेरै आक्रमण गरेको जनाइएको छ । लक्षित स्थानहरूमा नङ्गरहार, खोस्तमा ख्वारीजी मौलवी अब्बास सेन्टर, नङ्गरहारमा ख्वारीजी इस्लाम सेन्टर र ख्वारीजी इब्राहिम सेन्टर र पक्तिकामा ख्वारीजी मुल्लाह रहबर र ख्वारीजी मुखलिस यार रहेको जनाइएको छ ।

यस अघि पाकिस्तानका आन्तरिक राज्यमन्त्री तलाल चौधरीले सीमापार कारबाहीमा करिब ७० जना आतङ्ककारीलाई नि–सस्त्र बनाएको बताएका थिए ।

प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान, यसका सम्बद्धहरू र इस्लामिक स्टेट–खोरासन प्रान्त (दाइश–खोरासन) का लागि पाकिस्तानी अधिकारीहरूले प्रयोग गर्ने शब्द फितना अल–खवारीजसँग सम्बन्धित शिविरहरूलाई लक्षित गरी आक्रमण गरिएको सरकारले जनाएको छ ।

जियो न्यूज कार्यक्रम “जियो पाकिस्तान“ सँग कुरा गर्दै चौधरीले अफगानिस्तान सीमापार आतङ्कवादको स्रोत बनेको आरोप लगाएका छन् । उनले पाकिस्तानले आफ्ना नागरिकहरूको सुरक्षाका लागि आवश्यक उपायहरू अपनाइरहेको र करिब ७० हजार गुप्तचर–आधारित अपरेसनहरू घरेलु रूपमा सञ्चालन गरिएको उल्लेख गरेका छन्, जसको परिणामस्वरूप धेरैलाई पक्राउ गरिएको थियो ।

पाकिस्तानको सूचना र प्रसारण मन्त्रालयले आक्रमणलाई सटीक र सही भन्दै इस्लामाबाद, बाजौर र बन्नुमा हालैका आत्मघाती बम विस्फोटहरूको प्रतिशोधात्मक प्रतिक्रिया भनेको छ । इस्लामावादले अफगानिस्तानको मिले–मत्तोमा आधारित आक्रमणहरू आयोजना गरिएको र टिटिपी र दाइश तत्वहरूसँग जोडिएको दाबी गरेको छ ।

उक्त आक्रमणले पक्तिका प्रान्तको बरमल क्षेत्र, नङ्गरहार प्रान्तको खोग्यानी जिल्ला, साथै घानी खेल, बेहसुद र अर्गुन क्षेत्रका लुकेका ठाउँहरूलाई लक्षित गरेको बताइएको छ । चौधरीले सन् २०२० को दोहा सम्झौताको उल्लेख गर्दै अफगान तालिबानले अफगानिस्तानको भूमि आतङ्कवादका लागि प्रयोग गर्न नदिने वाचा गरेको बताएका छन् । उनले काबुलको अन्तरिम प्रशासन आतङ्कवादी गतिविधि रोक्न असफल भएको आरोप समेत लगाएका छन् ।

पाकिस्तानले आफ्नो सुरक्षा चिन्तालाई सम्बोधन गर्न कूटनीतिक र सैन्य स्तरका प्रयासहरू गरेको र राजनीतिक दलहरूलाई आतङ्कवाद विरुद्ध एकजुट हुन आग्रह गरेको उनले बताए । पाकिस्तानको खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा हिंसामा वृद्धि भएपछि पछिल्लो आक्रमण भएको जनाइएको छ । विशेष गरी २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किए पछि हालैका वर्षहरूमा इस्लामाबाद र काबुल बिच तनाव बढेको जनाइएको छ ।

सन् २०२५ अक्टोबर मा, पाकिस्तानी सेना र अफगान तालिबान लडाकुहरू बिचको सीमा झडपका कारण दुवै पक्षको ठुलो क्षति भएको बताइएको छ । चरणवद्ध वार्ताका बावजुद, दुवै देशले स्थायी शान्ति हासिल गर्न संघर्ष गरेका छन् । यसैबिच, काबुलले यस अघि आतङ्कवादी समूहहरू अफगान क्षेत्रबाट सञ्चालन गर्ने इस्लामाबादको आरोपलाई अस्वीकार गर्दै पाकिस्तानको सुरक्षा चुनौतिहरू आन्तरिक विषय भएको बताएको छ ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । राहदानी छपाई

Read More »

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने सस्तियो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। महासंघले आजका

Read More »

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ : चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ ।

Read More »

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने भएको छ । विश्वविद्यालयले १८औँ सिनेट, चौथो दीक्षान्त र १६औँ वार्षिकोत्सव समारोह यही असार

Read More »

मन्त्रालयको बोर्डबाटै ‘यातायात’ शब्द गायब गरियो  : अध्यक्ष सिटौला

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले राज्यले यातायात क्षेत्रलाई चरम उपेक्षा गरेको बताएका छन्। संसद्को पूर्वाधार विकास समितिको बैठकमा सरोकारवालाको तर्फबाट

Read More »

बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु

रौतहट । बाराको कोल्हवी नगरपालिकामा आफ्नै घरको छतमा गएराति पिसाब फेर्ने क्रममा छतमा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा टोल निवासी

Read More »