देश सम्हाल्ने पार्टी एमाले जनताकै बीचमा छ : अध्यक्ष ओली

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न सक्ने शक्ति नेकपा (एमाले) मात्र रहेको बताएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमकमा आज नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा अध्यक्ष ओलीले आगामी चुनावपछि एमालेले नै देशलाई सम्हाल्ने पनि बताए ।

देशमा भएको तोडफोड, आगजनी र विध्वंसबाट देश र लोकतन्त्रलाई क्षति भए पनि देश सम्हाल्ने पार्टी एमाले जनताकै बीचमा रहेको बताए । देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता विथोलेर निर्वाचन जित्न नसकिने ओलीले बताए ।

उनले जनताका बीचमा गएर काम गर्ने, देशलाई समृद्धिको युगमा प्रवेश गराउने, शिक्षा–स्वास्थ्य–रोजगारी जस्ता क्षेत्रमा नागरिकको पहुँच अभिवृद्धि गर्ने पार्टी कुन हो नेपाली जनताले चिनिसकेको समेत बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका छन् । अध्यक्ष ओलीको गृहनगरबाट नै युथ भोलेन्टियर्सले प्रदेश कमिटी घोषणा गरेको हो ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । राहदानी छपाई

Read More »

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने सस्तियो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। महासंघले आजका

Read More »

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ : चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ ।

Read More »

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने भएको छ । विश्वविद्यालयले १८औँ सिनेट, चौथो दीक्षान्त र १६औँ वार्षिकोत्सव समारोह यही असार

Read More »

मन्त्रालयको बोर्डबाटै ‘यातायात’ शब्द गायब गरियो  : अध्यक्ष सिटौला

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले राज्यले यातायात क्षेत्रलाई चरम उपेक्षा गरेको बताएका छन्। संसद्को पूर्वाधार विकास समितिको बैठकमा सरोकारवालाको तर्फबाट

Read More »

बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु

रौतहट । बाराको कोल्हवी नगरपालिकामा आफ्नै घरको छतमा गएराति पिसाब फेर्ने क्रममा छतमा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा टोल निवासी

Read More »