धादिङ दुर्घटना : बसभित्र च्यापिएका एक जना घाइतेको साढे ३ घण्टापछि उद्धार

काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित भैँसीगौडामा दुर्घटना भएको बसबाट एक जनालाई साढे ३ घण्टापछि उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान पोखराबाट काठमाडौँ आउँदै गरेको ग.२ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा च्यापिएका २७ वर्षीय कृष्णराज मानन्धरलाई साढे ३ घण्टापछि जीवित उद्धार गरिएको धादिङका एसपी सुमित खड्काले बताए ।

ललितपुरको इमाडोल घर भएका मानन्धरलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी खड्काले जानकारी दिए ।

खुट्टा च्यापिएर बसमा अड्किएका खड्कालाई सुरक्षाकर्मीले मेसिनले बसको भाग काटेर निकालेको हो । दुर्घटनामा परेर १९ जनाको मृत्यु भएको छ । घटना छानबिन गर्न गृह  मन्त्रालयले कार्यदल गठन गरेको छ ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । राहदानी छपाई

Read More »

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने सस्तियो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। महासंघले आजका

Read More »

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ : चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ ।

Read More »

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने भएको छ । विश्वविद्यालयले १८औँ सिनेट, चौथो दीक्षान्त र १६औँ वार्षिकोत्सव समारोह यही असार

Read More »

मन्त्रालयको बोर्डबाटै ‘यातायात’ शब्द गायब गरियो  : अध्यक्ष सिटौला

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले राज्यले यातायात क्षेत्रलाई चरम उपेक्षा गरेको बताएका छन्। संसद्को पूर्वाधार विकास समितिको बैठकमा सरोकारवालाको तर्फबाट

Read More »

बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु

रौतहट । बाराको कोल्हवी नगरपालिकामा आफ्नै घरको छतमा गएराति पिसाब फेर्ने क्रममा छतमा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा टोल निवासी

Read More »