कैलाली-२ मा रास्वपाका २६ वर्षीय केपी खनाल विजयी

कैलाली : कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित भएका छन् । २६ वर्षीय उनले सो क्षेत्रबाट १९ हजार ५७ मत ल्यायी विजयी हासिल गरे । निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले भन्दा खनालले ७ हजार १०८ मतान्तर ल्याउन सफल भए । चौधरीले ११ हजार ९४९ मत ल्याए ।

त्यस्तै एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २१३ मत ल्याए ।यसअघि कैलाली १ मा रास्वािकी कोमल ज्ञवाली, ३ मा रास्वपाकै जगतप्रसाद जोशी, ४ र ५ मा पनि रास्वपाकै खेमराज कोइराला र आनन्दबहादुर चन्द विजयी भएका छन् ।

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज दिउसो ४:३० बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

Read More »

मधेस प्रदेश सरकारको ११ महिनामा पुँजीगत खर्च १३ दशमलव ७६ प्रतिशत मात्र

जनकपुरधाम : चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ । प्रदेश अर्थ मन्त्रालयका अनुसार

Read More »

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले यस वर्ष परीक्षा सञ्चालनको ३५ दिनमै नतिजा सार्वजनिक गरेको हो। यस पटक

Read More »