अध्यक्ष ओलीको रिहाइको माग गर्दै तेस्रो दिन पनि प्रदर्शन, अग्रभागमा चारजना सचिव

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज पार्टीका पदाधिकारी सहितका नेताहरु सडकमा ओर्लीएका छन् ।

आज माइतीघरबाट सुरु भएको प्रदर्शनमा पार्टीका सचिवहरु भानुभक्त ढकाल, शेरधन राई, डा.राजन भट्टराई, महेश बस्नेत लगायतका नेताहरुको अगुवाइमा आन्दोलन अघि बढेको हो । सचिव बस्नेतले आज विहानै आन्दोलनमा सबैलाई सहभागी हुन आह्वान गरेका थिए ।

गत शनिबार गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई पक्राउ आफ्नै निवास गुण्डुबाट पक्राउ गरिएको थियो । पक्राउपछि सोही दिनको ३ बजे देखि एमालेले निरन्तर विरोध प्रदर्शन गरिरहेको छ । आजको प्रदर्शन उपत्यका विशेष कमिटीले आयोजना गरेको एमालेले जनाएको छ ।

यसैबीच आन्दोलन स्थलमै सञ्चारकर्मीसँग कुरा गर्दै सचिव शेरधन राईले देशलाई मुढभेडमा धकेलेर युक्रेन बनाउने खोजिएको बताएका छन् । राईले सरकारले राजनीतिक प्रतिशोध राखेकोले आफूहरु सडकमा आउन बाध्य भएको उल्लेख गरे ।

जनादेशको उन्मादमा सरकारले मुलुकलाई मुठभेडतिर धेकेलेको उनले बताए । राई अध्यक्ष ओलीको रिहाइ नभएसम्म आन्दोलन जारी रहने बताएक छन् । अहिले बबरमहल क्षेत्रमा एमालेको प्रदर्शन जारी छ ।

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा

Read More »

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ संस्करण पाँच सम्पन्न भएको छ । यही जेठ १७ गते

Read More »

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्नु अव्यवहारिक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित

Read More »

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन्। सोमबार काठमाडौँको माइतीघरमा जनमत पार्टीले आयोजना

Read More »

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि

Read More »

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक

Read More »