इनिशा प्रकरणमा दुबै पक्ष प्रदर्शनमा

सुर्खेत । इनिशा विक हत्यामा आरोपमा पक्राउ परेका चार जनाविरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यान उद्योगमा अदालतमा अभियोग दर्ता भएपछि इनिशा प्रकरणमा दुई पक्षबाट प्रदर्शन हुन थालेका छन् ।

२५ दिनदेखि इनिशाका आफन्त र अधिकारर्कीहरुले इनिशालाई न्याय माग्दै प्रदर्शन र धर्ना गरिरहेका छन् । आइतबार सरकारी वकिल कार्यालयले अभियोजन दर्ता गरेसंगै पक्राउ परेका किशोरहरुका आफन्तहरु पनि प्रदर्शनमा उत्रिएका छन् ।

न्यायलयले तथ्य र प्रमाणका आधारमा नभई हचुवाका आधारमा अभियोजन गरेको भन्दै आरोपित पक्षका आफन्तहरुले मंगलबार वीरेन्द्रनगरमा प्रदर्शन गरे । बजारमा प्रदर्शन पछि सुर्खेत जिल्ला अदालत अगाडि धर्नामा बसेका उनीहरुले सरकारी वकिलविरुद्ध राजाबाजीसमेत गरेका छन् ।

निर्दोषलाई फसाउन खोजिएको भन्दै उनीहरुले सरकारी वकिलविरुद्ध बाराबाजी गरे । एक जनाले गल्ती गरे पनि साथिलाई सहयोग गर्न गएकै आधारमा फसाउन खोजिएको उनीहरुको आरोप छ ।

आइतबार सरकारी वकिल कार्यालयले घटनामा संलग्न चा जना किशोरविरुद्ध सामुहिक बलात्कार र कर्तव्य ज्यान मुद्दामा कैद सजाय र जरिवाना माग गर्दै सुर्खेत जिल्ला अदालतमा अभियोग दायर गरेको थियो । सोमबारदेखि बाल इजलासमा सुनुवाई भई रहेको उक्त मुद्धामा दुबै पक्षले अदालत र सरकारी वकिल कार्यालयबाहिर धर्ना दिइ रहेका छन् । सोमबार अभियुक्तहरुसंगको बयान सकिएको र मंगलबार थुनछेक बहस पछि अदालतको निर्णय आउने बतायएको छ ।

इनिशा पक्षका आफन्तले न्यायको माग गरिरहेका छन् भने पक्राउ परेका तीन जनाका आफन्तहरुले निर्दोष बालकहरुलाई फसाउन खोजिएको भन्दै प्रदर्शन गरिरहेका छन् । दुवै पक्षको विरोधका कारण जिल्ला अदालत आसपासको क्षेत्र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ ।

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा

Read More »

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ संस्करण पाँच सम्पन्न भएको छ । यही जेठ १७ गते

Read More »

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्नु अव्यवहारिक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित

Read More »

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन्। सोमबार काठमाडौँको माइतीघरमा जनमत पार्टीले आयोजना

Read More »

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि

Read More »

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक

Read More »