गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल सहितको टिमबीच छलफल भएको छ। मंगलबार भएको छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो। सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ ।

साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय गरिएको छ। तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी गराइएको छ।

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा

Read More »

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ संस्करण पाँच सम्पन्न भएको छ । यही जेठ १७ गते

Read More »

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्नु अव्यवहारिक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित

Read More »

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन्। सोमबार काठमाडौँको माइतीघरमा जनमत पार्टीले आयोजना

Read More »

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि

Read More »

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक

Read More »