दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

बागमती: पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकल र रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना४४प ९३५४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर नवलपरासीबाट सिमेन्ट लोड गरी वीरगन्जतर्फ जाँदै गरेको ना६ख ३१४५ नम्बरको ट्रकमा ठोक्किँदा प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकलमा पछाडि सवार हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत हेटौँडा उपमहानगरपालिका–९ निवासी १९ वर्षीया एकता वैद्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते वैद्यलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोगटीले बताए । सोही दुर्घटनामा परी प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकल चालक हेटौँटा उपमहानगरपालिका–४ कर्राका १९ वर्षीय रोनिक कार्की र ना४४प ९३५४ नम्बरको मोटरसाइक चालक चितवनको इच्छाकामना गाउँपालिका–५ बदेलटारका २१ वर्षीय पुष्पालाल गुरुङ घाइते भएको छन् । उनीहरू दुवै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता बोगटीले बताए । दुवै मोटरसाइकल र ट्रक तथा ट्रकचालक बाँकेको कोहलपुर नगरपालिका–१४ निवासी ३३ वर्षीय बद्री गडरियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा

Read More »

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ संस्करण पाँच सम्पन्न भएको छ । यही जेठ १७ गते

Read More »

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्नु अव्यवहारिक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित

Read More »

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन्। सोमबार काठमाडौँको माइतीघरमा जनमत पार्टीले आयोजना

Read More »

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि

Read More »

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक

Read More »