सर्वोच्चको फैसला नआएसम्म गगनलाई सभापति मान्दैनौं : रणबहादुर रावल

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्चको फैसला नआएसम्म आधिकारिक मान्न नसकिने बताएका छन् । बुधबार खड्का–कोइराला समूहले आयोजना गरेको छलफलस्थलमा पत्रकारसँग कुराकानी गर्दै रावलले तत्कालीन केन्द्रीय समितिको आह्वानबेगर भएको विशेष महाधिवेशन वैधानिक नै नभएको बताएका हुन् ।

‘तत्कालीन महामन्त्री गगन थापालगायत साथीहरूले एक किसिमको भेला गरेर एउटा समिति बनाएता पनि वास्तवमा हामीले सर्वोच्च अदालतको निर्णय नआएसम्म हामीले वैधानिक मानेका छैनौँ,’ नेता रावलले भने ।

सोही कारण तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दिएको उनले बताए । उनले भने, ‘सर्वोच्च अदालतमा मुद्दा छ । त्यसको छिटो छिनोफानो होस् भन्ने हामीले चाहेका छौँ ।’

विशेष महाधिवेशन विधिविधान विपरीत भएको उनले दाबी गरे । ‘विधि विधानले नभएर एउटा हुल र भेलाले गरेको एउटा कमिटी भएकाले हाम्रो वैचारिक द्वन्द्व छ,’ उनले भने, ‘उहाँहरूले जे गर्नुभएको छ, त्यसलाई निर्वाचन आयोगले सही हो भन्दिएको अवस्था छ, अध्ययन नगरेरै ।’

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा

Read More »

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ संस्करण पाँच सम्पन्न भएको छ । यही जेठ १७ गते

Read More »

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्नु अव्यवहारिक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित

Read More »

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन्। सोमबार काठमाडौँको माइतीघरमा जनमत पार्टीले आयोजना

Read More »

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि

Read More »

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक

Read More »