जेनजी आन्दोलनमा हिरासतबाट भागेका व्यक्ति ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ

काठमाडौँ : गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका चार व्यक्ति ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ परेका छन्। लागुऔषध औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले चैत १७ गते लागुऔषध ट्रामाडोल ३५ हजार ५१६ क्याप्सुलसहित उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो ।

काठमाडौँ महानगरपालिका २२ स्थितबाट नुवाकोटको शिवपुरी गाउँपालिका-६ ठेगाना भएका वर्ष ३५ को शुरेश तामाङलाई लागुऔषध ट्रामाडोल ३१ हजार ८०० क्याप्सुल सहित पक्राउ गरेको थियो। 

सोही दिन काठमाडौँ २२ कै गणबहालबाट दोलखाको भिमेश्वर नगरपालिका ६ ठेगाना भएका वर्ष २२ को सन्जिव घिसिङलाई लागुऔषध ट्रामाडोल १ हजार ९९६ क्याप्सुल सहित पक्राउगरेको छ। यस्तै, सुन्धाराबाट धनुषा जिल्लाको जनकपुरधाम उपमहानगर पालिका ८ ठेगाना भएका वर्ष २२ को सुरेन्द्र कुमार रौनिहारलाई लागुऔषध ट्रामाडोल १ हजार १२० क्याप्सुल सहित पक्राउ गरेको थियो।

ब्यूरोकै प्रहरी टोलीले काठमाडौँ २१ भोटेबहाल स्थितबाट काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका ९ ठेगाना भएका वर्ष २३ को रोहित राना मगरलाई लागुऔषध ट्रामाडोल ६०० क्याप्सुल सहित पक्राउ गरेको छ।

पक्राउमा परेका व्यक्तिहरू मध्ये रोहित राना मगर र सुरेश तामाङ यसभन्दा पहिले लागुऔषध ट्रामाडोल मुद्दामा पक्राउ परी अनुसन्धानको क्रममा रहेको अवस्थामा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतबाट भागी फरार रहेकोमा उनीहरू पुनः लागुऔषध ट्रामाडोल सहित पक्राउ परेका हुन्।

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा

Read More »

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ संस्करण पाँच सम्पन्न भएको छ । यही जेठ १७ गते

Read More »

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्नु अव्यवहारिक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित

Read More »

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन्। सोमबार काठमाडौँको माइतीघरमा जनमत पार्टीले आयोजना

Read More »

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि

Read More »

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक

Read More »