प्रवासी नेपाली मञ्चद्वारा सातदिने ‘एडभान्स नेल आर्ट’ तालिम सुरु, ३३ विद्यार्थी सहभागी

काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी महिला विभागको आयोजनामा सातदिने ‘एडभान्स नेल आर्ट’ तालिम सुरु भएको छ। बुधबारदेखि सुरु भएको उक्त तालिममा ३३ जना विद्यार्थी सहभागी भएका छन्।

प्रवासी नेपाली मञ्चको आफ्नै भवनमा सुरु भएको तालिमको उद्घाटन गर्दै मञ्चका निर्वतमान अध्यक्ष सञ्जय थापाले तालिम लिएर आत्मनिर्भर बन्न र देशमै केही गर्न सकियोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। उहाँले तालिम केवल प्रमाणपत्रका लागि मात्र नभई सिप सिकेर उद्यमी बन्नका लागि लिनुपर्ने बताउनुभयो। साथै तालिमपछि स्वरोजगार बन्न र आत्मनिर्भर हुन सहभागीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा रिटर्नी फेडेरेशनका अध्यक्ष विनोद भट्टराईले सिपमूलक तालिम विदेश जाने महिला दिदीबहिनीहरूका लागि अत्यन्त आवश्यक रहेको बताउनुभयो। समयअनुसारको सिप सिकाइले व्यक्तिलाई व्यवसायिक बनाउन थप मद्दत पुग्ने उहाँको विश्वास थियो।

प्रशिक्षक तथा नेल टेक्निसियन श्रृति खड्गीले नङ सिंगार्नु भनेको व्यक्तिको आत्मविश्वास बढाउने कार्य भएको बताउँदै तालिम अवधिभर सहभागीलाई सकेसम्म धेरै ज्ञान र सीप प्रदान गर्ने प्रयास गर्ने बताउनुभयो।

महिला विभागकी सचिव सरिता भट्टराईले नेल आर्टको माध्यमबाट महिलालाई आत्मनिर्भर, सशक्त र व्यवसायिक बनाउन सिप विकास गराउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो। यसअघि नै बेसिक तालिम लिइसकेका ३३ जना विद्यार्थीलाई पुनः एडभान्स तालिम दिई उनीहरूको सिपलाई थप निखार गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो।

सौन्दर्यका विभिन्न विधामध्ये पछिल्लो समय महिलाहरूले नङलाई पनि विभिन्न तरिकाले सजाउने चलन बढ्दै गएको सन्दर्भमा तालिम आयोजना गरिएको आयोजकले जनाएको छ। प्रवासी नेपाली मञ्च विश्वभर छरिएर रहेका नेपालीहरूको हकहितका लागि काम गर्दै आएको संस्था हो।

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा

Read More »

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ संस्करण पाँच सम्पन्न भएको छ । यही जेठ १७ गते

Read More »

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्नु अव्यवहारिक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित

Read More »

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन्। सोमबार काठमाडौँको माइतीघरमा जनमत पार्टीले आयोजना

Read More »

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि

Read More »

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक

Read More »