सिन्धुलीमा माइक्रोबस र बस ठोक्किँदा १० जना घाइते, चारको अवस्था गम्भीर

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस ठोक्किँदा १० जना घाइते भएका छन् । काठमाडौंबाट काँकडभित्तातर्फ आउँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा माइक्रोबसका चालक ललितपुर महानगरपालिका–१५ का ३८ वर्षीय गजबहादुर मगर, काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रविन तिवारी तथा ठेगाना नखुलेका प्रशान्त केसी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

चालक मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । यस्तै, दुर्घटनामा घाइते अन्य यात्रुहरूमा झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेकी ९ वर्षीया संस्कृति यादव र ३२ वर्षीया कल्पना राई, मेची नगरपालिका–१३ का ३८ वर्षीय अमेश खड्का, भद्रपुर नगरपालिका–१ का २२ वर्षीय अमृत रानामगर र कचनकवल गाउँपालिका–७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल छन् ।

उनीहरूको स्थानीय आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान अघि बढाएको छ । बस चालक दोलखाको बैतेश्वर गाउँपालिका–६ का सुमन सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा

Read More »

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ संस्करण पाँच सम्पन्न भएको छ । यही जेठ १७ गते

Read More »

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्नु अव्यवहारिक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित

Read More »

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन्। सोमबार काठमाडौँको माइतीघरमा जनमत पार्टीले आयोजना

Read More »

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि

Read More »

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक

Read More »