इन्धनको मूल्य वृद्धिपछि जर्मनीमा विद्युतीय सवारीको मागमा उछाल

काठमाडौं । इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण जर्मनीमा विद्युतीय सवारी साधन (ईभी) खरिद गर्ने उपभोक्ताहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

जर्मनीको सबैभन्दा ठूलो अनलाइन कार ट्रेडिङ प्लेटफर्म मोबाइल डट डिईले हालै सार्वजनिक गरेको सर्वेक्षणले यस्तो देखाएको हो । पश्चिम एशियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्य बढेसँगै युरोपेली मुलुकहरूमा सवारी इन्धनको लागत महँगो भएको छ ।

जर्मन एशोसिएशन अफ द अटोमोटिभ इन्डस्ट्रीका अनुसार, फेब्रुअरी २८ मा इरानमाथि भएको सैन्य आक्रमणपछि जर्मनीमा पेट्रोलको मूल्य झण्डै २० प्रतिशत र डिजेलको मूल्य ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सर्वेक्षण अनुसार, यदि इन्धनको मूल्य हालकै उच्च बिन्दुमा रहिरहे ४३ प्रतिशत उत्तरदाताहरूले आफूहरू विद्युतीय सवारीमा ‘स्विच’ हुने बताएका छन् । तीमध्ये ३६ प्रतिशतले विद्युतीय गाडी रोज्नुको मुख्य कारण दीर्घकालीन रूपमा हुने खर्चको बचतलाई मानेका छन् । तथ्याङ्क अनुसार, मार्च महिनाको पहिलो दुई हप्तामा मात्रै पुराना विद्युतीय गाडीका बारेमा हुने सोधपुछ ६६ प्रतिशतले बढेको छ ।

‘विद्युतीय कारप्रति उपभोक्ताको चासो निकै बढेको छ,’ मोबाइल डीका सीईओ अजय भाटियाले भने,‘जर्मनीको ऊर्जा रूपान्तरण अभियानले जुन गति दिन सकेको थिएन, वर्तमान भू–राजनीतिक परिस्थितिले विद्युतीय गाडीको प्रयोगमा त्यो क्रान्ति ल्याइदिएको छ ।’

इन्धनको मूल्य वृद्धिका साथै सरकारले दिने अनुदान पनि उपभोक्ताहरूलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने अर्को प्रमुख कडी बनेको छ । जर्मन सरकारले यसै वर्षको जनवरीदेखि अनुदान कार्यक्रम पुनः सुरु गर्दै आगामी केही वर्षमा आठ लाख विद्युतीय सवारीका लागि तीन अर्ब यूरो लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।

इन्धनको मूल्य र सरकारी सहुलियतका कारण विद्युतीय सवारीमा देखिएको यो आकर्षण दीर्घकालीन बजार प्रवृत्ति बन्नेछ वा छैन भन्ने कुरा भने हेर्न बाँकी नै छ । यद्यपि, विज्ञहरूले वर्तमान स्थितिलाई विद्युतीय सवारीको प्रयोग बढाउने एउटा बलियो अवसरको रूपमा लिएका छन् । सीसीटीभी

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा

Read More »

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ संस्करण पाँच सम्पन्न भएको छ । यही जेठ १७ गते

Read More »

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्नु अव्यवहारिक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित

Read More »

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन्। सोमबार काठमाडौँको माइतीघरमा जनमत पार्टीले आयोजना

Read More »

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि

Read More »

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक

Read More »