शनिबार–आइतबार बिदा दिने निर्णय वैज्ञानिक छ, स्थायी रूपमै लागु गरौं : डा. बाबुराम भट्टराई

काठमाडौं : पूर्व प्रधानमन्त्री ले शनिबार र आइतबार बिदा दिने सरकारको निर्णयको समर्थन गरेका छन् । सरकारले पेट्रोलियम पदार्थको अभावलाई हेरेर आजको मन्त्रिपरिषद् बैठकबाट हप्तामा दुई दिन(शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयपछि फेसबुकमा टिप्पणी गर्दै भट्टराईले त्यो निर्णय वैज्ञानिक रहेको तर्क गर्दै स्थायी रूपमै लागु गर्न उपयुक्त हुने बताएका हुन् ।

कार्यालय समय ९–५ बजे र शनिवार–आइतबार बिदा गर्ने वर्तमान सरकारी निर्णय सही र वैज्ञानिक छ,’ भट्टराईले लेखेका छन्, ‘यसलाई तत्काल पेट्रोलियम पदार्थको अभावको कारण अस्थायी रूपमा लागु गर्ने मात्र होइन सार्वजनिक वार्षिक बिदा र क्यालेन्डर (पात्रो)मा समेत समयानुकूल सुधार गरी स्थायी रूपमा नै लागु गर्नु सबै हिसाबले राम्रो र उपयोगी हुन्छ ।’

आफ्नो पालाको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेको उल्लेख गर्दै उनले विविध कारणले लागु नगरिएको बताएका छन् । ‘पछिल्ला सरकारहरूले रद्दीको टोकरीमा फालेको यो विषयलाई अझै आवश्यक परिमार्जन गरेर वर्तमान सरकारले लागु गरोस्,’ उनले भनेका छन् ।

दैनिक कार्य समय बढाएर हप्ताको दुई दिन बिदा दिँदा कुल कार्य समय कम होइन, झन् बढी हुने उनले बताएका छन् । ‘यसले कर्मचारी/श्रमिकको कार्यदक्षता बढ्छ, पारिवारिक सुख–शान्ति बढ्छ, इन्धनको बचत हुन्छ, स्वच्छ पर्यावरण निर्माणमा मद्दत पुग्छ,’ उनले अगाडि भनेका छन्, ‘आन्तरिक पर्यटन वृद्धि हुन्छ ।’ आइतबारको बिदाले अन्तर्राष्ट्रिय कार्य समयसँग व्यावसायिक तालमेल गर्न सजिलो हुने पनि उनको तर्क छ । यसले सबै हिसाबले देश र समाजलाई फायदा हुने भट्टराईको दाबी छ ।

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्नु अव्यवहारिक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित

Read More »

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन्। सोमबार काठमाडौँको माइतीघरमा जनमत पार्टीले आयोजना

Read More »

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि

Read More »

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक

Read More »

लुम्बिनीका नवनियुक्त पाँचजना मन्त्रीले लिए शपथ

रूपन्देही । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ५ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Read More »

भारत भ्रमणबारे रवि लामिछानेले दलहरूलाई गराए जानकारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् । उनले आज सिंहदरवारमा सर्वदलीय बैठक राखेर भ्रमणबारे

Read More »