नयाँ शक्तिले पुरानाको खेदो खनेर सुशासन खोजे : पोखरेल

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई आफ्नो चरित्रमा भन्दा पनि पुराना दलको खेदो खन्नुमा मात्रै केन्द्रित गरेको आरोप लगाएका छन् ।

सोमबार फेसबुकमा उनले हालको राजनीतिक परिस्थिति र सुशासनको भाष्यप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । निर्वाचनका समयमा नयाँ शक्तिले मात्रै सुशासन ल्याउने र देश बनाउने भन्दै व्यापक प्रचार गरिएको स्मरण गर्दै उनले अहिलेको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । “चुनावका समयमा नयाँले सुशासन ल्याउँछ, देश बन्छ भनेर हल्लीखल्ली नै भयो,” उनले भनेका छन्, “तर अहिले सुशासन नयाँको चरित्रमा होइन, पुरानाको खेदो खन्नुमा मात्रै खोजिँदै रहेछ ।”

फागुन २१ गतेको निर्वाचनको नतिजापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ बहुमतको सरकार बनाउँदा नेकपा एमाले २५ सिटमा खुम्चिँदै तेस्रो दल बनेको छ ।

एमाले महासचिव पोखरेलले नयाँ दलहरूले जनअपेक्षा अनुसार काम गर्नुभन्दा पनि पुराना दलहरूलाई गाली गरेर मात्रै आफूलाई स्थापित गर्न खोजेको सङ्केत गरेका हुन् । उनले सुशासन नारामा मात्र नभई व्यवहार र चरित्रमा देखिनुपर्नेमा जोड दिएका छन् ।

वालेन्द्र शाह सरकारले एमाले अध्यक्ष केपी ओलीलाई भदौ २३ को जेनजी आन्दोलनमा बल प्रयोग गरेको भन्दै पक्राउ गरेर हिरासतमा लिएपछि एमाले सरकारप्रति आक्रामक बनेको छ ।

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्नु अव्यवहारिक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित

Read More »

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन्। सोमबार काठमाडौँको माइतीघरमा जनमत पार्टीले आयोजना

Read More »

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि

Read More »

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक

Read More »

लुम्बिनीका नवनियुक्त पाँचजना मन्त्रीले लिए शपथ

रूपन्देही । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ५ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Read More »

भारत भ्रमणबारे रवि लामिछानेले दलहरूलाई गराए जानकारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् । उनले आज सिंहदरवारमा सर्वदलीय बैठक राखेर भ्रमणबारे

Read More »