बदलिँदो राजनीतिक परिस्थितिको आत्मसमीक्षा गर्दै अघि बढ्छौँ : शेरधन राई

उदयपुर । नेकपा (एमाले)का सचिव शेरधन राईले पार्टी ‘रिफर्म’ (सुधार)सहित अघि बढ्ने बताएका छन् ।

सोमबार उदयपुरमा आयोजित जिल्ला कमिटीको १० औं विस्तारित बैठक तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बदलिँदो राजनीतिक परिस्थिति, भदौ २३–२४ का घटनाक्रम र फागुन २१ को निर्वाचन परिणामपछि पार्टीले आत्मसमीक्षा गर्दै नयाँ कार्यदिशासहित अघि बढ्ने बताए । एमाले अहिले संगठनात्मक पुनर्संरचनासँगै विचार, कार्यशैली र रणनीतिक सुधारको चरणमा रहेको समेत उनले बताए ।

राईले वर्तमान अवस्थामा पार्टी कानुनी संघर्षसँगै सडक आन्दोलनमा समेत सक्रिय रहेको उल्लेख गर्दै आन्दोलनलाई प्रभावकारी बनाउन कार्यकर्ता एकता, अनुशासन र जनसम्पर्क विस्तार आवश्यक रहेकोमा जोड दिए । “पार्टी अहिले अदालतमा मात्र होइन, सडकमा पनि सक्रिय छ,” उनले भने ।

उनले निर्वाचन परिणाम र पछिल्ला राजनीतिक उतारचढावका कारणहरूको गहिरो समीक्षा भइरहेको जानकारी दिँदै सतही विश्लेषणभन्दा मिहिन रूपमा कमजोरी पहिचान गरी सुधार प्रक्रियालाई अगाडि बढाइने बताए । साथै, पार्टी अब गाउँ–टोल र समुदायसम्म पुगेर जनताका मुद्दासँग प्रत्यक्ष जोडिने रणनीतिमा केन्द्रित रहेको उल्लेख गरे ।

राईले राष्ट्रियता, लोकतन्त्र र विकासका मुद्दामा एमाले सधै अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गर्दै कार्यकर्तालाई निराश नभई संगठन मजबुत बनाउन सक्रिय हुन आग्रह गरे । उनका अनुसार आत्मसमीक्षा, संगठनात्मक सुधार र जनआधारित आन्दोलनमार्फत पार्टी नयाँ ऊर्जा र संकल्पसहित अघि बढ्ने सन्देश उदयपुरबाट स्पष्ट रूपमा बाहिरिएको छ ।

झन्डै ६ घण्टाभन्दा लामो समय सञ्चालन भएको जिल्ला कमिटीको विस्तारित बैठक तथा कार्यकर्ता भेला कार्यक्रममा सहभागी करिब ३० जना अगुवा कार्यकर्ताले २०७४ यताका पार्टीका गतिविधिको समीक्षा गर्दै संगठन सुदृढीकरण, स्पष्ट राजनीतिक कार्यदिशा र सुधारमुखी नेतृत्वको आवश्यकता औँल्याएका थिए ।

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन्। सोमबार काठमाडौँको माइतीघरमा जनमत पार्टीले आयोजना

Read More »

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि

Read More »

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक

Read More »

लुम्बिनीका नवनियुक्त पाँचजना मन्त्रीले लिए शपथ

रूपन्देही । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ५ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Read More »

भारत भ्रमणबारे रवि लामिछानेले दलहरूलाई गराए जानकारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् । उनले आज सिंहदरवारमा सर्वदलीय बैठक राखेर भ्रमणबारे

Read More »

प्रतिपक्ष कमजोर छ भन्दैमा संवैधानिक सीमा नभत्काइयोस् : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफ्नो गणितीय बहुमतको आडमा संवैधानिक सीमा र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउन खोजेको बताएका छन् ।

Read More »