कांग्रेस संसदीय दलको नेता चयन नयाँ वर्ष लागेपछि मात्रै

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता नयाँ वर्ष लागेपछि मात्रै चयन गर्ने भएको छ । कांग्रेसमा दलको नेता चयनका लागि पार्टीले निर्वाचन समिति बनाउने व्यवस्था छ । त्यही व्यवस्था अनुसार सभापति गगन थापाले सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको नेतृत्वमा दलको नेता चयनका लागि निर्वाचन समिति बनाएका छन् । समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाल सदस्य छन् । त्यो निर्वाचन समितिले नयाँ वर्ष २०८३ लागेपछि मात्रै दलको नेता चयन गर्ने बताएको हो । निर्वाचन समितिका संयोजक सहमहामन्त्री रसाइलीले दलको नेता नयाँ वर्ष लागेपछि मात्रै चयन गर्ने तयारीमा आफूहरू रहेको जानकारी दिए । ‘पार्टीले दलको नेता चयन गर्ने जिम्मेवारी दिएको छ । नयाँ साल लागेपछि दलको नेता चयन गर्ने तयारी हाम्रो छ,’ संयोजक रसाइलीले भने ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट जितेको छ । पार्टीको हैसियत प्रतिनिधि सभामा खुम्चिए पनि प्रमुख प्रतिपक्षी दलको हैसियत प्राप्त गरेकाले दलको नेतामा आकांक्षा धेरै सांसदले राखेका छन् । प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्य पनि हुने भएकाले पनि धेरैले आकांक्षा राखेका हुन् । अहिलेसम्म सांसदहरू भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी, मोहन आचार्य, भरत खड्कासहितले दलको नेतामा आकांक्षा राखेको नेताहरू बताउँछन् । केसी र आङदेम्बेले त सार्वजनिक रूपमै दलको नेतामा दाबी स्वभाविक भएको बताएका छन् ।

गत पुसमा तत्कालिन सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको असहमतिबीच महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेपछि कांग्रेसमा विवाद छ । अहिले कांग्रेसमा विशेष महाधिवेशन पक्षधर र त्यसको विपक्षमा रहेको समूह गरी दुई समूह छन् । नेताहरूका अनुसार केसी विशेष महाधिवेशन पक्षधरको तर्फबाट र त्यसको विपक्षमा रहेको समूहबाट आङ्देम्बे बलियो उम्मेदवारका रूपमा देखिएका छन् ।

तर, निर्वाचन समितिले भने सहमतिमा दलको नेता चयन गर्ने प्रयास गरिरहेको देखिन्छ । संयोजक रसाइलीले पहिलो प्रयास सहमतिका लागि हुने जानकारी दिए । सांसदहरूका अनुसार सहमतिका लागि नेताहरूले अनौपचारिक छलफलसमेत सुरु गरेका छन् । आकांक्षीहरूमध्य प्रमुख सचेतक, उपनेता र प्रमुख प्रतिपक्षी दलले पाउने प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति बनाउने आश्वासन दिएर भए पनि मिलाउने प्रयास जारी रहेको एक पदाधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि

Read More »

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक

Read More »

लुम्बिनीका नवनियुक्त पाँचजना मन्त्रीले लिए शपथ

रूपन्देही । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ५ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Read More »

भारत भ्रमणबारे रवि लामिछानेले दलहरूलाई गराए जानकारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् । उनले आज सिंहदरवारमा सर्वदलीय बैठक राखेर भ्रमणबारे

Read More »

प्रतिपक्ष कमजोर छ भन्दैमा संवैधानिक सीमा नभत्काइयोस् : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफ्नो गणितीय बहुमतको आडमा संवैधानिक सीमा र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउन खोजेको बताएका छन् ।

Read More »

रविले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु

Read More »