चितवन अटो शो : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

चितवन । चितवनमा आयोजित ‘चितवन अटो शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । अटो शो चितवन अटो मोबाइल डिलर्स एसोसिएसन र चितवन अटो मोबाइल एसोसिएसनको संयुक्त आयोजनामा चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा वैशाख १७ गतेदेखि सुरु भएको मेला पाँच दिनपछि सोमबार समापन गरिएको हो ।

आयोजकका अनुसार अटो–शो अवधिभर एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मेलामा कुल ३२१ सवारी साधन बुकिङ एवं बिक्री भएका छन्, जसमा ११४ मोटरसाइकल, १४८ कार र ५९ भ्यान रहेका छन् ।

पाँच दिनसम्म सञ्चालन भएको मेलामा १२ हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहेको थियो ।

करिब ३० कम्पनीका ७० भन्दा बढी स्टलमार्फत कार, जिप, मोटरसाइकल, स्कुटर लगायत विभिन्न सवारी साधन प्रदर्शनमा राखिएका थिए । माइक्रो बस र भ्यानका लागि छुट्टै स्टलको व्यवस्था गरिएको थियो भने प्रदर्शनी हल बाहिर थप टेन्टमार्फत पनि स्टल विस्तार गरिएको थियो ।

शो अवधिभर ग्राहकहरूलाई अन द स्पट फाइनान्स तथा बिमा सेवा उपलब्ध गराइएको थियो । साथै, विभिन्न कम्पनीहरूले सवारी खरिदकर्ताका लागि विशेष छुट तथा आकर्षक योजनाहरू राखेका थिए ।

मेलामा सवारी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत तीन जनालाई विशेष उपहार समेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज : जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु

Read More »

सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका २० जनाको उद्धार

महेन्द्रनगर : सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ ।

Read More »

एनआरएनएद्वारा बजेटको स्वागत, सरकारको प्रतिबद्धताले उत्साह थपेको प्रतिक्रिया

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले शुक्रबार घोषणा गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको भन्दै स्वागत गरेको छ। संघको तर्फबाट प्रवक्ता

Read More »

कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सबै मिलाएर २१ प्रतिशत तलब वृद्धि हुने घोषणा गरेका

Read More »

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका

Read More »

३६० वस्तुमा लाग्दै आएको अन्त शूल्क खारेज

काठमाडौं । सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्त शूल्क खारेज गरेको छ । आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णीम वाग्लेले अन्त शूल्क

Read More »