एसिया कप फाइनलमा भारतविरूद्ध श्रीलंका ५० रनमै अलआउट

एसिया कपको फाइनल भिडन्तमा घरेलु टिम श्रीलंकाले खराब ब्याटिङ गरेको छ।

कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भएको छ।

श्रीलंकाको ब्याटिङ लाइनअप ध्वस्त पार्न भारतका मोहमद सिराजले ६ विकेट लिए। करिअरको उत्कृष्ट बलिङ गरेका उनले ७ ओभरमा एक मेडन राख्दा २१ रन खर्चिए।

यस्तै हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ विकेट लिए भने जसप्रति बुमराहले १ विकेट हात पारे।

श्रीलंका लगि कुशल मेन्डिसले १७ रन र डुशान हेमन्थले नटआउट १३ रन जोड्दा ९ ब्यट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए। जसमा श्रीलंकाका पाँच ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन्।

सिराजले चौथो ओभरमा चार विकेट लिएका थिए। उनले  सो ओभरको पहिलो बलमा पाथुन निशंकालाई २ रनमा रविन्द्र जडेजाबाट क्याच गराए। तेस्रो बलमा सदीरा समाब्रिक्रमालाई एलबिडब्लूको धरापमा पारे।

चौथो बलमा चारिथ असालंकालाई शून्यमा इशान किसनबाट क्याच गराए। यस्तै छैटौं बलमा उनले धनन्जय डि सिल्भालाई ४ रनमा केएल राहुलको हातबाट क्याच गराएका थिए।

त्यसअघि श्रीलंकाले इनिङको तेस्रो बलमा कुशल परेरालाई गुमाएको थियो। उनी जसप्रित बुमराहको बलमा आउट भएका थिए।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »