पाकिस्तानविरुद्ध भारतको कडा सन्देश

नयाँ दिल्ली । भारत र पाकिस्तानबिच गत वर्ष भएको भीषण सैन्य तनावको एक वर्ष पूरा भएको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचनाविरुद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने बताएका छन् । उनले भारत आफ्नो सुरक्षासम्बन्धी नीतिमा ‘पहिलेजस्तै अडिग’ रहेको स्पष्ट पार्दै पहलगाम आक्रमणका दोषीलाई जवाफ दिइएको दाबी गरेका छन् ।

गत वर्ष अप्रिल २२ मा भारत प्रशासित काश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा भएको घातक आक्रमणपछि दुई आणविक शक्तिसम्पन्न छिमेकी मुलुकबिच सम्बन्ध तीव्र रूपमा बिग्रिएको थियो । उक्त घटनामा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश हिन्दू पर्यटक थिए । भारतले आक्रमणमा पाकिस्तान समर्थित समूहको संलग्नता रहेको आरोप लगाएको थियो, तर इस्लामावादले त्यसलाई अस्वीकार गरेको थियो ।

त्यस घटनापछि नयाँदिल्ली र इस्लामाबादबिच कूटनीतिक तनावका साथै प्रत्यक्ष सैन्य टकरावसमेत बढेको थियो । भारतले मे ७, २०२५ मा पाकिस्तानभित्र रहेका ‘आतङ्कवादी शिविर’ माथि लक्षित सैन्य कारबाही गरेको घोषणा गरेपछि अवस्था अझ विस्फोटक बनेको थियो । त्यसपछि दुवै देशबिच हवाई आक्रमण, ड्रोन आक्रमण तथा सीमावर्ती क्षेत्रमा भारी मोर्टार प्रहार भएका थिए ।

भारतीय सेनाले सञ्चालन गरेको उक्त कारबाहीलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको थियो । बिहीबार सो अभियानको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री मोदीले जारी गरेकाे वक्तव्यमा भारत आतङ्कवादविरुद्धको सङ्घर्षबाट पछि नहट्ने बताएका हुन् ।

‘आतङ्कवादलाई परास्त गर्ने र त्यसलाई सहयोग गर्ने सम्पूर्ण इकोसिस्टम ध्वस्त पार्ने हाम्रो सङ्कल्प अझै दृढ छ’ उनले भने । मोदीले पहलगाममा मारिएका निर्दोष नागरिकको स्मरण गर्दै आक्रमणकारीलाई ‘उचित जवाफ’ दिइएको उल्लेख गरे ।

मोदी सरकारले ‘सिन्दूर’ शब्दलाई विशेष प्रतीकका रूपमा प्रयोग गरेको थियो । हिन्दू महिलाले विवाहपछि कपालमा लगाउने रातो रङको सिन्दूरलाई सरकारले पहलगाम आक्रमणमा श्रीमान् गुमाएका महिलाहरूको पीडासँग जोड्दै प्रतिशोध र राष्ट्रिय भावनाको प्रतीक बनाएको थियो ।

प्रधानमन्त्री मोदीले भारतीय सेनाको प्रशंसा गर्दै राष्ट्रले सैनिकहरूको ‘साहस र वीरता’ लाई सम्मान गर्ने बताए । उनले देशको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्‍याए ।

गत वर्षको चार दिने सैन्य तनावमा दुवै पक्षका ७० भन्दा बढी मानिस मारिएका थिए । पाकिस्तानले त्यस समयमा भारतीय वायुसेनाका पाँच लडाकू विमान खसालेको दाबी गरेको थियो । तीमध्ये तीनवटा अत्याधुनिक फ्रान्सेली राफेल विमान रहेको इस्लामाबादको भनाइ थियो । भारतले भने आफ्ना विमान क्षतिग्रस्त भएकोबारे कुनै औपचारिक पुष्टि गरेको छैन ।

दुवै देशबिच बढ्दो सैन्य तनाव अन्ततः मे १० मा युद्धविराममा पुगेर रोकिएको थियो । उक्त युद्धविरामबारे सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ नेटवर्कमार्फत घोषणा गरेका थिए । त्यसको केही समयपछि भारत र पाकिस्तान दुवैले युद्धविरामको पुष्टि गरेका थिए ।

यद्यपि भारतले त्यसयता युद्धविराम अमेरिकाको मध्यस्थतामा नभई इस्लामाबादसँग प्रत्यक्ष संवादमार्फत भएको दाबी गर्दै आएको छ । नयादिल्लीले काश्मीर र सुरक्षा सम्बन्धी विषयलाई दुई देशबीचको द्विपक्षीय मुद्दाका रूपमा मात्रै हेर्नुपर्ने अडान दोहोर्याउँदै आएको छ ।

एक वर्षपछि पनि भारत–पाकिस्तान सम्बन्ध सामान्य बन्न सकेको छैन । सीमापार आतङ्कवाद, काश्मीर विवाद र सैन्य अविश्वासका कारण दुवै देशबीच तनाव कायम रहेको विश्लेषकहरूको भनाइ छ । मोदीको पछिल्लो वक्तव्यले भारतले सुरक्षा र आतङ्कवादको मुद्दामा आफ्नो कठोर नीति परिवर्तन नगर्ने स्पष्ट सङ्केत दिएको मानिएको छ ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »