रुकुमपूर्वमा सडक मिचेर बनाइएका संरचनामा चल्यो डोजर

रुकुमपूर्व : रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ र ६ अन्तर्गत पर्ने कैचिमोड, कमलदहलगायतका क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचनामाथि डोजर चलेको छ ।

पटक-पटक सूचना, आग्रह र समयसीमा दिंदा पनि अटेरी गरेपछि गाउँपालिकाले कडा सुरक्षा व्यवस्थाबीच संरचना हटाउन सुरु गरेको हो ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग क्षेत्र मिचेर बनाइएका घरटहरा, व्यावसायिक संरचना तथा अस्थायी निर्माण हटाउन गाउँपालिकाले यसअघि नै सार्वजनिक सूचना जारी गरेको थियो । तर, केही व्यक्तिले सरकारी निर्देशनलाई बेवास्ता गर्दै संरचना यथावत राखेपछि स्थानीय प्रशासन डोजरसहित मैदानमा उत्रिएको हो।

सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले सरकारी जग्गा अतिक्रमण गरेर सडक नै साँघुरो बनाउने कार्य कुनै हालतमा स्वीकार्य नहुने बताए । ‘सम्झायौं, समय दियौं, सूचना पनि जारी गर्‍यौं, तर अटेरी भएपछि कानुन कार्यान्वयन गर्नुको विकल्प रहेन’, उनले भने

डोजर चलाइएका क्षेत्रमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ। गाउँपालिकाले अब पनि राजमार्ग क्षेत्र मिचेर बनाइएका संरचना नरोकिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।

सडक अतिक्रमणका कारण राजमार्ग विस्तार, यातायात सञ्चालन र सार्वजनिक सुरक्षामै असर पर्दै आएको थियो । हटाइएका संरचनाबाट उत्पन्न हुने खर्च, क्षतिपूर्ति तथा अन्य दायित्व सम्बन्धित व्यक्तिबाटै असुल गरिने जनाइएको छ ।

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »